यी हुन् नक्कली कपाल प्रयोग गर्ने नेपाली सेलिब्रेटी

काठमाडौं, फागुन १२ – कपालले मानिसलाई सुन्दर देखाउँछ । यहि कारण पनि हामी कपालको स्याहार सुसारमा अघि सर्ने गर्छौँ । कपालले सुन्दरतामा यति ठूलो भूमिका खेलेको हुन्छ कि केही मानिसहरु त सुन्दर देखिनको लागि विग अर्थात नक्कली कपालको समेत साहारा लिन्छन् ।

उनीहरुको सक्कली कपाल उनीहरुले चाहेको जस्तो हुँदैन । यसको उदाहरणमा हामी नेपालका केही सेलिब्रेटीहरुलाई पनि लिन सक्छौँ जो नक्कली कपालको साहाराले राम्रो देखिँदै आएका छन् । केहीले रहरले नक्कली कपालको प्रयोग गरेका छन् भने केहीले बाध्यताले । नक्कली कपालको प्रयोग गर्ने मध्ये पनि केहीले सार्वजनिक हुन दिएका छैनन् । यहाँ सार्वजनिक भएका नक्कली कपालवाला सेलिब्रेटीको चर्चा गर्दैछौँ ।

 करिश्मा मानन्धरkarishma

अभिनेत्री करिश्मा मानन्धर सुन्दर नायिकाको रुपमा परिचित छिन् । यहि कारण पनि उनी सुन्दरताको लागि जति पनि पैसा खर्च गर्न अघि सर्छिन् । केही समय अघि मात्रै उनले नक्कली कपालको लागि डेढ लाख रुपैयाँ खर्च गरिन् जसले निकै चर्चा पायो । उनले आफ्नो सक्कली कपालमा नक्कली कर्ली कपाल जोडेकी छिन् जसको मूल्य डेढ लाख हो । उनको यो कपालको आयु एक वर्ष छ ।उनी यतिबेला आफ्नो सुन्दरता कायम गर्नको लागि नक्कली कर्ली कपालको प्रयोग गरिरहेकी छिन् । उनको यो कपाल स्याहार्न भने गाह्रो हुने बुझिन्छ । तैपनि उनले यसलाई सहज रुपमा लिएकी छिन् ।  केही समय अघि मात्रै दुबईमा सम्पन्न भएको नेफ्टा अवार्डको समयमा उनको कपाल चर्चामा आएको थियो ।

निशा अधिकारीnisha

अभिनेत्री निशा अधिकारी यतिबेला आफ्नो सुन्दरताका लागि नक्कली कपालको प्रायोग गरिरहेकी छिन् । गएको वर्ष कपाल खौरिए पछि उनको कपाल उम्रन समय लागेका कारण उनलाई नक्कली कपालको साहारा लिनु परेको हो ।  निशाले रहरले नभएर बाध्यताले नक्कली कपालको प्रयोग गरिरहेकी छिन् । उनलाई भने यो नक्कली कपालको साहारा धेरै लामो समय सम्म लिनु नपर्ने देखिन्छ । निशाले आफ्नो मनले चाहेको कुरा गनुपर्छ भन्दै गएको वर्षको असारमा कपाल मुण्डन गरेकी थिइन् ।

आर्यन सिग्देलaaryan-sogdel-1

अभिनेता आर्यन सिग्देलले अभिनयका साथै रुपबाट पनि प्रशंसा बटुल्छन् । उनलाई ह्याण्डसम भएकै कारण सिनेमामा यति धेरै सफलता पाएको भन्नेहरु पनि धेरै छन् । तर उनलाई आकर्षक बनाउनमा नक्कली कपाल अर्थात विगले ठूलो भूमिका खेलेको छ । आर्यनको सार्वजनिक कपाल सक्कली हैन । उनले सुरुवातदेखि नै नक्कली कपालको साहारा लिएर स्टाईलिश बन्ने प्रयास गरिरहेका छन् ।उनले आफ्नो सक्कली कपाल कस्तो छ अहिलेसम्म पनि सार्वजनिक गरेका छैनन् । फिल्ममा काम गर्दा होस् वा कुनैपनि कार्यक्रममा समावेश हुँदा आर्यन नक्कली कपाल नै प्रयोग गर्छन् । उनको सक्कली कपाल पहिलो सिनेमा किस्मत र होमवर्कमा देख्न पाईन्छ । सिनेमामा उनको खुलेको निधार देख्न सकिन्छ । उनले सिनेमा फ्ल्यासब्याकमा नक्कली कपाल त लगाएका छैनन् तर सिनेमा अवधिभर टोपीको प्रयोग गरेका छन् ।

हेमन्त शर्मा12998612_10207308834613143_5317387273797380904_n

नक्कली कपालको प्रयोग गर्ने अर्का सेलिब्रेटी हुन् गायक हेमन्त शर्मा । उनले पनि राम्रो हेयर स्टाईलको लागि विगको प्रयोग गर्दै आएका छन् तर मानिसहरु उनको नक्कली कपाललाई सक्कली सम्झन्छन् । उनी सार्वजनिक कार्यक्रहरुमा जाँदा सधैँ नक्कली कपालको प्रयोग गर्छन् ।हेमन्तको सक्कली कपाल पनि अहिलेसम्म सार्वजनिक भएको छैन । उनलाई तपाईँको कपाल नक्कली हो रेन्त ? भनेर मिडियाकर्मीहरुले सोध्दा रिसाउने गरेका खबरहरु पनि बेला बखतमा आउने गर्छन् । तर हेमन्तले नक्कली कपाल बारे सार्वजनिक रुपमा स्वीकारेका छैनन् ।

जीवन लुईँटेलluitelll-768x472

जीवन लुईँटेलले पनि केही समय अघिसम्म विगको प्रयोग गर्थे । तर अहिले भने उनले सक्कली कपाल उमारिसकेका छन् ।केही समययता उनलाई नक्कली कपालको आवश्यकता परेको छैन । तर उनी सिने यात्राका वर्षौसम्म नक्कली कपालको साहाराले नै ह्याण्डसम देखिए । अहिले भने उनी सार्वजनिक कार्यक्रमहरुमा समेत सक्कली कपालमा जान्छन् । उनले कपाल उमारिसकेपछि सिनेमा राधामा काम गरेका छन् ।

नरेश भट्टराईnaresha

सञ्चारकर्मी नरेश भट्टराईले पनि ह्याण्डसम देखिनकै लागि विग अर्थात नक्कली कपालको साहारा लिने गर्छन् । उनलाई राम्रो आवाजका साथै ह्याण्डसम सञ्चारकर्मीको रुपमा लिईन्छ ।यहि कारण पनि उनलाई नक्कली कपालको आवश्यकता परेको हुन सक्छ । ईमेज एफ एममा कार्यरत नरेश बिभिन्न स्टेज कार्यक्रमहरुमा समेत प्रस्तोता भएर काम गर्छन् । नक्कली कपाल नलगाउँदा उनी टोपीको प्रयोग गर्छन् ।

मुकेश ढकालmukesh-768x514

अभिनेता मुकेश ढकाल पनि नक्कली कपाल प्रयोग गर्ने कलाकारमा पर्छन् । उनले सिनेमा प्लान र पर्खिराख है मा नक्कली कपालको साहाराले ह्याण्डसम देखिने प्रयास गरेका थिए ।त्यसो त मुकेश बिना कपाल ह्याण्डसम नदेखिने हैनन् । तर उनले आफ्नो लुक्सलाई अझै आकर्षक देखाउनको लागि नक्कली कपालको प्रयोग गरेका थिए । तर उनलाई नक्कली कपालमा सार्वजनिक कार्यक्रमहरुमा भने खासै देख्न पाईँदैन ।

यश कुमारmukesh-768x514

गायक यश कुमारको कपाल पनि त्यति राम्रो र गुड लुकिङ छैन । यहि कारण उनले सिनेमा बाटो मुनीको फूलमा नक्कली कपालको प्रयोग गरेका छन् ।तर उनको त्यो नक्कली कपाललाई दर्शकले सिनेमाको लागि बढाएको भन्ने सम्झेका थिए । तर साँचो कुरा त उनले सिनेमामा आकर्षक देखिनको लागि नक्कली कपाल प्रयोग गरेका थिए । वास्तविक जीवनमा  यश कुमार टोपी र रुमालको सहायताले कपाल छोप्ने गर्छन् । उनी प्राय स्टेज कार्यक्रमहरुमा रुमाल बाँधेर पुग्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको