काठमाडौं, फागुन १२ । काठमाडौं महानगरपालिकामा निमित्त कार्यकारीको विषयले फेरि विवाद चर्किएको छ । कार्यकारी अधिकृत विदामा बसेका बेला निमित्त कार्यकारी अधिकृत कसलाई दिने भन्ने विषयमा महानगरपालिकाभित्र विवाद हुँदै आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी प्रमुख नभएको बेला निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी बरिष्ठ कर्मचारीलाई दिन निर्देशन सहितको पत्र पठाएको थियो । २०६८ असोज ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकालाई पत्र लेख्दै नियम विपरित कनिष्ठ कर्मचारीलाई निमित्त नदिन निर्देशन दिएको थियो । यस्तै त्यसरी निमित्त पाएका निमित्त कार्यकारी अधिकृतले गरेका आर्थिक र प्रशासनिक काम बदर गर्न समेत निर्देशन दिएको थियो ।
यस पटक भने कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ग विदामा बसेका बेला बरिष्ठ कर्मचारी सनतबहादुर थापालाई नै निमित्त कार्यकारी अधिकार दिएको छ । तर कार्यकारी प्रमुखले गर्ने काम भने ज्ञानेन्द्र कार्कीलाई दिइएको हो । रुद्रसिंह तामाङ्गले पदपूर्ति समितिको सदस्य सचिवको जिम्मेवारी स्वत निमित्त प्रमुख कार्यकारी अधिकृतलाई नदिएर कनिष्ठ कर्मचारी ज्ञानेन्द्र कार्कीलाई दिएपछि थापाले आपत्ती जनाएका हुन् ।
के छ विधानमा ?
पदपूर्ति समितिमा अवकास प्राप्त कर्मचारीको अध्यक्षतामा स्थानीय विकास मन्त्रालयले तोकेको अधिकृत र लोकसेवा आयोगले तोकेको अधिकृत सदस्य हुने प्रावधान छ । र नगरपालिकाको सचिव अर्थात कार्यकारी अधिकृत सदस्य सचिव रहने व्यवस्था गरेको छ । तर महानगरपालिकाले गठन गरेको पदपुर्ति समितिको सदस्य सचिव भने निमित्त कार्यकारी अधिकृत सनतबहादुर थापालाई नदिएर कनिष्ठ कर्मचारी ज्ञानेन्द्र कार्कीलाई दिइएको हो ।
मन्त्रालयलाई बोदार्थ दिएन
यस्तै नगरपालिकाले पदपूर्ति समिति गठन गरेपछि मन्त्रालयलाई बोधार्थ दिनुपर्ने प्रावधानलाई समेत कुल्चिएको छ । यसअघिको बढुवामा समेत विवाद आएको र मन्त्रालयले हस्तक्षेप गरिरहेको अवस्थामा नगरपालिकाले पुन मन्त्रालयलाई बोधार्थ नदिइ बढुवा समिति बनाएर काम अघि बढाएको हो ।
महानगरपालिकाका एक कर्मचारीले कार्यकारी अधिकृत तामाङले कार्कीलाई सदस्यसचिव बनाएर आर्थिक लेनदेनको आधार तयार पारेको आरोप लगाएका छन् । ती अधिकारले नाम गोप्य राख्न आग्रह गर्दै भने, अघिल्लो बढुवा विवादमा परेका बेला मन्त्रालयलाई नै जानकारी नदिइ बढुवा समिति गठन गर्नु र निमित्त प्रमुखलाई सदस्य सचिव नबनाउनुको विशेष अर्थ छ ।
महानगरपालिकाले आफु मातहतका विभिन्न तहमा कर्मचारी बढुवाको विज्ञापन निकालेको थियो ।
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता