काठमाडौं, फागुन ९ – निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनको १३ औँ महाधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा सोमबार महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुनेछ ।
दिउँसो ४ बजेपछि चुनावी प्रक्रिया सुरु गर्ने प्याब्सनको तयारी छ । प्याब्सनको ६८ सदस्यीय नयाँ नेतृत्वको लागि मंगलबार बिहानदेखि मतदान हुने महासचिव डिके ढुंगानाले जानकारी दिनुभयो । दुई वर्षे कार्यकाल नेतृत्वका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे र उपाध्यक्ष टीकाराम पुरीले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।
सम्बाहाम्फे समूहबाट वरिष्ठ उपाध्यक्षमा डिके ढुङ्गाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ किशोर गौतम तथा महासचिवमा राजेन्द्र बानियाँ छन् । पुरी समूहबाट वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, खुला उपाध्यक्षमा हिरा चन्द र ईश्वर गुरुङ तथा महासचिवमा गोपाल आचार्य छन् ।
काठमाडौंको लोयल्टी एकेडेमीका सञ्चालक तथा प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका सम्बाहाम्फे माओवादी केन्द्र निकट छन् । सम्बाहाम्फे प्यानलमा रहेका ढुंगाना कांग्रेस र महासचिवका उम्मेद्वार बानिया एमाले निकट हुन् ।
यसैगरी विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रहेका पुरीको प्यानलमा सबै एमाले निकट व्यवसायी छन् । महाधिवेशनमा देशभरका झण्डै २२ सय जना प्रतिनिधि रहने प्याब्सनले जनाएको छ ।
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता