प्रवासी नेपालीहरूमा नयाँ शक्ति नेपालप्रतिको उत्साह र भरोसा

16809635_1226908804089799_292164533_nउमेरको हिसावले १६ देखि ४० वर्षसम्म उमेर समूहकाहरूलाई युवा मानिन्छ । यसलाई युवा मात्र नभई उत्पादक जनशक्तिको रूपमा समेत लिइन्छ । नेपालको यस्तो जनशक्ति अधिकांश प्रवासमा रहेको यथार्थ हामीसमक्ष छ । विभिन्न मुलुकहरूमा गरी अहिलेसम्म ४० लाखको हाराहारीमा युवाहरू कार्यरत छन् । युवाहरू अधिकांश शिक्षित वर्गको रूपमा गनिन्छन् । स्वदेशमै प्रचुर सम्भावना रहँदा रहँदैपनि उचित व्यवस्थापन तथा स्रोत र साधनको समुचित उपयोग गर्न नसक्दा यस्ता कर्मशील युवाहरू आफ्नो उज्ज्वल भविष्यको सपना बोकेर विदेशिन बाध्य छन् । देशमा राजनीतिक स्थिरता नहुनु, घरी घरी विनाकारण सरकार परिवर्तन भइरहनु, व्याप्त भ्रष्टाचार, अनियमितता र शासनप्रणाली समावेशि र समानुपातिक नहुनु तथा विद्यमान राजनीतिक दल आफ्नो स्वार्थभन्दा माथि उठ्न नसक्नुको परिणाम हो राजनीतिक अस्थिरता । यस्तो राजनीतिक अस्थिरताले देशको स्रोत र साधनको सही उपयोग हुन नसक्दा ऊर्जाशील युवापुस्ता परदेश भासिन बाध्य भएका छन् ।

अब राजनीतिक व्यवस्था होइन, देशको अवस्था फेर्न भनेर ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मूल मन्त्रका साथ नयाँ नेपाल बनाउन कम्मर कसेको नयाँ शक्ति एउटा नयाँ पार्टी नभई वैकल्पिक शक्तिको रूपमा नेपाली राजनीतिक आकासमा उदाएको छ । नयाँ शक्ति पार्टी नेपाल र यस पार्टीले लिएको एजेण्डा, बिचार र कार्यशैलीलाई आज विश्वलेनै रुचीपूर्वक नियालिरहेको छ । विकासमुखी एजेण्डालाई मूख्य कार्ययोजना बनाएर लाखौं जनताको बीचबाट सामूहिक रूपमा सपथ खाएर घोषणा गरिएको यस पार्टी आज लाखौं नेपालीहरूको आश र भरोसाको केन्द्र बन्न पुगेको छ । यसकारण यो आफैमा पृथक त छ नै, त्योभन्दा बढी प्रविधियुक्त र समावेशी समेत छ । नेतृत्व गर्र्ने पात्रको स्वच्छ चरित्र, निष्ठा र स्पष्ट बिचार र विश्वले पत्याएको हुनाले नै पनि यो पार्टी अन्य पार्टी भन्दा पृथक र जनप्रिय रहनेमा ढुक्क हुन सकिन्छ । यति भनिरहँदा एउटै व्यक्तिमाथि सबै शक्ति र आशा केन्द्रित गर्नु कदापि हुँदैन । यस्तो भयोभने यो पार्टी नाममात्रैका नयाँ बन्नसक्ने खतरा रहन्छ । त्यसैले सामूहिक नेतृत्व र छलफल तथा योजनाकासाथ अघि बढ्नुपर्ने चुनौती आज हामीसमक्ष छ ।
नयाँ शक्ति पार्टीको अहिले स्वदेशमा जुन गतीले संगठन विस्तार भइरहेको छ, त्योभन्दा तीव्र गतिमा प्रवासमा संगठिन हुने क्रम जारी छ । ‘नेपाली अन्तर्राष्ट्रिय समाज’को नामबाट विश्वमा नेपाली रहेको ठाउँमा आफ्नो संगठन विस्तार गरिरहेका छन् । प्रान्त प्रान्त र सहर सहरमा प्रवासी नेपालीहरू संगठित हुँदैछन् । प्रवासी नेपालीहरूले विदेशमा विधिको शासन देखेका छन्, उत्तरदायी सरकार देखेको छन्, समान नियम कानून भोगेका छन्, राजनीतिक स्थायित्वको महशुस गरेका छन् र समृद्ध समाजको अनुभव गरेका छन् र उनीहरू चाहन्छन् आफ्नो मातृभूमि पनि यस्तै होओस् । आफ्नो देशको राजनीतिक अस्थिरता र आपराधिक चरित्रका नेताहरू देख्दा उनीहरूमा एकतमासको आक्रोश उत्पन्न भएको छ । र, नयाँ शक्ति पार्टीले देशको मुहार फेर्न सक्छ भन्ने विश्वासका साथ उनीहरू प्रवासमा नयाँ शक्तिको संगठन विस्तारमा होमिएका छन् । उनीहरूलाइ मुख्य नेतृत्व डा. बाबुराम भट्टराईको निष्कपट विचार र सादगी जीवनशैलीप्रति विश्वास पलाएको छ । स्रोत र साधनले निपूर्ण यति राम्रो सुन्दर र सम्भावना बोकेको देश नेपालमा पद्दती र नेतृत्वका कमीले विकास नभएको कुरा महशुस गरेको उनीहरू यस कारण पनि नयाँ शक्तिमा समाहित भएका हुन् ।
देश र जनताप्रतिको इमान्दारिता र स्पष्ट बिचारको कारण प्रवासी नेपालीहरू डा. भट्टराईप्रति प्रति धेरै आशा र भरोसा राख्दछन् । अर्थमन्त्री हुँदाको अपेक्षा गरेभन्दा अधिक उपलब्धि (राजश्व संकलन, युवा स्वरोजार, ३० हजार रूपैयाँ सम्मको कृषि ऋण मिनाहा र प्रधानमन्त्री कार्यकालमा बिना बजेट पनि काठमाडौंमा सडक विस्तार जस्ता जनप्रिय काम)ले प्रवासी नेपालीहरू बाबुराम भट्टराईको ‘भिजन’ प्रति धेरै विश्वास गर्ने गर्दछन् । धन सम्पत्ती कमाउनको लागि मात्र हुन्थ्यो भने अहिले नेपालको सबैभन्दा धनी व्यक्तिको रूपमा स्थापित हुन सक्ने हुँदाहुँदै पनि देश र जनताको समृद्धिका लागि निरन्तर लागिरहेकाले पनि प्रवासी नेपालीहरू यस संगठनमा समाहित हुन आकर्षित छन् । देश समृद्ध हुनको लागि स्थिर सरकार र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक छ । नयाँ शक्ति नेपालले यस मुद्दालाई प्रमुख रूपमा उठाएकोले पनि प्रवासी नेपालीहरूको मन जित्न सफल देखिन्छ यस पार्टी ।
जसरी नयाँ शक्तिप्रति प्रवासीदेखि सबै नेपालीजनहरूमा जोश, जाँगर र आशा छ, उहाँहरूको जोश जाँगर र आशालाई अझ थप उत्साहित बनाउनको लागि बिचार र कार्यक्रमबिच तालमेल हुनु आवश्यक छ । नभए नयाँ शक्ति वैकल्पिक शक्ति बन्न नसक्ने प्रष्टै छ र यही नै नयाँ शक्ति नेपालको लागि प्रमुख चुनौतीको विषय हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त