फागुन ७
संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि राप्रपाको सहयोग आवश्यक छ । हामीले संविधानमा अधिकतम स्वीकार्यता दिलाउनकै लागि संशोधन अघि बढाएका हौँ । यसलाई अघि बढाउने विषय संविधान कार्यान्वयनसँग जोडिएको छ । मधेस, पहाड र हिमालका वर्गलाई नसमेट्नु राष्ट्रवाद हुन सक्दैन । यी तीन पक्षलाई जोड्ने नीति राप्रपाले पनि पारित गरोस् । अब सरकारले संशोधन विधेयक र निर्वाचनलाई सँगसँगै अघि बढाउने सोचेको छ । प्रजातन्त्रका लागि र संविधान कार्यान्वयनका लागि निर्विकल्प बनेको निर्वाचनको घोषणा अब छिटै हुन्छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।
अब राप्रपासँग सँगै बस्नुपर्छ : देउवा
संविधान बने पनि देश संक्रमणमा छ । अब तीनवटा निर्वाचन हुन जरुरी छ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा सबै पार्टीको सहमति र सहभागिता जरुरी छ । मधेसको भावना सम्बोधन गर्न संशोधन अगाडि बढाएका हौँ । संशोधन हुँदा वैमनस्य हट्छ । राप्रपा पनि महाधिवेशनबाट संशोधनको पक्षमा लाग्छ भन्ने आशा लिएको छु । म पहिलोपटक प्रधानमन्त्री हुँदा पनि राप्रपासँगै सरकारमा एक ठाउँमा थियौँ । अब फेरि पनि एक ठाउँमा सँगै बस्नुपर्छ ।
राष्ट्रियताको पक्षमा उभिनुपर्छ : ओली
भिन्न विचार रहे पनि संविधान निर्माणमा राप्रपाको सकारात्मक योगदान रह्यो । महाधिवेशनबाट राप्रपा स्पष्ट रूपमा राष्ट्रियता, एकता र लोकतन्त्रको पक्षमा उभिनुपर्छ । इतिहासका गौरवलाई कदर गर्नुपर्छ । तर, पृथ्वीनारायण शाहलाई मानियो भन्दैमा ड्रगिस्ट, जँड्याहा सबैलाई मान्न सकिन्छ भन्ने छैन ।
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि