कैलाली, ३ फागुन । कैलाली र कञ्चनपुरका सीमा नाका भारतले दुई दिनका लागि बन्द गरेको छ ।
भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधान सभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका हिजो बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् ।
विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमा नाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताएका ।
उत्तराखण्ड राज्यमा पनि एकै दिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमा नाका पनि यसअघि बन्द भइसकेका छन् । भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमा नाका बन्द गरेको हो । रासस
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान