श्रीमतीकै सहयोग, बालिका बलात्कार

repभक्तपुर – श्रीमतीकै सहयोगमा बालिका बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानलाई बलात्कार गर्न प्रेरित गर्ने श्रीमती राधाजंगमललाई समेत प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायबउपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

गतमंसिर २१ गते राति ७ बजे राजकृष्णकी श्रीमती राधाले बालिकालाई बाटोबाट फकाई आफ्नो घरमा ल्याएर श्रीमानको जिम्मा लगाई आफू बाहिर निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कायस्थले श्रीमती राधालाई छिमेकी बालिका बोलाउन पठाएको र श्रीमतीले बाटोमा भेटिएकी पीडित बालिकालाई २० रुपैयाँ दिएर फकाएर घर ल्याई श्रीमानको जिम्मा लगाएको पीडितपक्षको आरोप छ ।

बालिका बलात्कारपछि श्रीमती राधाले २ सय रुपैयाँ दिएर परिवार र गाउँमा हल्ला नगर्न भन्दै पटक–पटक धम्कीदिएको पीडित बालिकाले प्रहरी समक्ष बताएको प्रहरी नायब उपरिक्षक ओलीयाले बताए । ढोकाको चुकुल लगाई श्रीमानलाई बालिका बलात्कार गर्न सहयोग गरेको भन्दै पीडित परिवारले उजुरी दिएपछि प्रहरीले शनिबार दुबै जनालाई प्रक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई आइतबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग