फागुन ५ देखि मैदानमा पूर्वराजा ज्ञानेन्द्र! पूर्वयुवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुगेका पूर्वराजाले त्यहाँ चीन र भारतका विशेष दूतहरुसंग बेग्लाबेग्लै भेटवार्ता गर्ने!

Gyanendra-shah-141236518काठमाडौं।पूर्व राजा ज्ञानेन्द्र विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्। गत बुधबार (माघ १९) साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिहरुसंग रात्रिभोजसहितको भेटवार्तापछि उनी बैकक प्रस्थान गरेका हुन। पूर्वयुवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुगेका पूर्वराजाले त्यहाँ चीन र भारतका विशेष दूतहरुसंग बेग्लाबेग्लै भेटवार्ता गर्ने घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।

 

बैंकक प्रस्थान गर्नुअघिका केही दिनभित्र उनले नेपालमा केही राजनीतिक दलका नेताहरुसंग परामर्श गरेको पनि बुझिएको छ। उनी माघको २७ वा २८ गते स्वदेश फर्केने बताइएको छ।

पछिल्लो समयमा तात्कालिक राजा ज्ञानेन्द्र राष्ट्रिय मुद्धाहरुमा अलिक मुखरित भएर प्रस्तुत हुँदै आएका छन् भने स्वेदेशी नेता र बुद्धिजीवी तथा मित्रदेशका दूरतहरुसंगको बैठक तथा परामर्शलाई पनि उनले प्राथमिकता दिन थालेका छन्। भनिन्छ, राजसंस्थाको भविष्यबारे पूर्व श्री ५ अब निर्णायक वार्तालापको चरणमा प्रवश गरेको र अबका वार्तालाप तथा बैठकहरुले कुनै न कुनै रुपको ठोस परिणाम हासिल हुने आशा उनले गरेका छन्। राजसंस्थाले ‘स्पेस’ पाउने या नपाउने भन्ने कुराको निर्क्योल गरिसकेपछि पूर्व श्री ५ बाट ठोस कदम चालिने बताइएको छ।

बैंककबाट फर्किपछि केही दिन राजधानीमा रहेर पूर्वराजा सपरिवार तराई मधेशको विधेष भ्रमणमा जाने जानकारी घटना र विचारलाई प्राप्त भएको छ। समाचारअनुसार उनी आगामाी फागुन ५ गते बाराको सिमरा पुग्नेछन्। फागुन ७ गते पूर्वरानी कोमलको ६७ औँ जन्मदिवस सिमरामै मनाएपछि सिमरालाई मुकाम बनाएर उनी तराई मधेशका केही जिल्लाको भ्रमणमा जाने बुझिएको छ। सप्तरीदेखि पर्सासम्मका विभिन्न स्थानको भ्रमणमा गई उले जनतासंग प्रत्यक्ष सम्पर्क गर्नेछन् र करिब २ सातापछि उनी राजधानी फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन