माघ – २६ । चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यको पुनर्मिलन भएको छ । उक्त पुनर्मिलनलाई जीवन्त राख्न उनीहरुले सामूहिक फोटो खिचाएका छन् । रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् ।
चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, साङहाई, चिनचियाङ र ताइवानबाट आएका थिए । गत हप्ता चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो परिवारको पुनर्मिलन भएको हो ।
फोटोग्राफर चाङ लियाङचोङले ड्रोनबाट तस्वीर लिएका थिए । चाङले यो रेन परिवार ८ सय ५१ वर्ष पुरानो भएपनि यिनीहरुका शाखा सन्तानको ८ दशकयता अपडेट नभएको जनाएका छन् ।
त्यहाँका स्थानीयले केही समय पहिले मात्रै आफ्नो परिवारबारे सोधखोज गरी सात पुस्ताका करिब २ हजार जीवित वंशजको खोजी गरेको झाङले जानकारी दिए । २ हजारमध्ये लगभग ५ सयजनालाई एउटै स्थानमा जम्मा गरिएको बताइएको छ ।