केशरबहादुरले पनि खोले नयाँ शक्ति पार्टी

Kesharbahaur-Bist२६ माघ, काठमाडौं । राप्रपा नेपालबाट अलग्गिएका नेता केशरबहादुर विष्टको नेतृत्वमा ‘सेरेमोनियल राजतन्त्र’ सहितको एजेन्डा लिएर नयाँ राजनीतिक शक्ति निर्माण हुने भएको छ । अमेरिकामा राजनीति गरेर फर्केका दर्शन रौनियारदेखि १७ वर्ष जेलजीवन बिताएका एमाले नेता मोहनचन्द्र अधिकारीसम्म यो राजावादी शक्तिमा जोडिँदैछन् ।

 

‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ नाम दिइएको राजनीतिक शक्तिको औपचारिक घोेषणा भोलि (बिहीबार) नयाँ बानेश्वरबाट हुनेछ । यसलाई सुरुमा अभियानका रुपमा अघि बढाएर पछि पार्टीको रुप दिइने संयोजक विष्टले अनलाइनखबरलाई बताए ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरिएको यस अभियानले तीनवटा एजेन्डा बोकेको छ । विष्टका अनुसार तीन एजेन्डामा सेरेमोनिनयल राजतन्त्र पुनस्र्थापना हुनुपर्ने, संघीयता खारेज गरिनुपर्ने र हिन्दू राष्ट्र कायम हुनुपर्ने रहेका छन् ।

आफू आवद्ध रहेको कमल थापा नेतृत्वको राप्रपा नेपालले यी एजेन्डाहरुलाई कुल्चेर हिँडेकाले नयाँ शक्ति निर्माण गर्नुपरेको विष्टले बताए ।

राजतन्त्रबाहेकका मुद्दामा सहमत छु : रौनियार

अमेरिकाबाट फर्केर नेपालमा राजनीति गर्न तम्सिएका दर्शन रौनियारले सेरेमोनियल राजतन्त्र बाहेकका मुद्दामा यस अभियानसँग आफ्नो मत मिलेको बताए । संघीयता खारेजी र हिन्दू राज्य कायम गर्नुपर्ने मुद्दामा आफू सहमत भएको, तर सेरेमोनियल राजतन्त्रका विषयमा कुरा मिल्न बाँकी रहेको रौनियारको भनाइ छ ।

‘राजतन्त्रका विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्छ भन्नेमा म ओपन छु,’ रौनियारले अनलाइनखबरसँग भने, ‘यस विषयमा हामी छलफलमै छौं ।’

रौनियारले ‘मुभमेन्ट फर चेन्ज’ का नाममा बेग्लै अभियान पनि चलाइरहेका छन् । पछि गएर दुवै अभियानलाई समायोजन गरी पार्टीको रुप दिने योजना रहेको उनले सुनाए ।

‘अहिलेलाई उहाँ (केशरबहादुर)हरुको अभियानमा म सामेल हुन्छु, र मेरो अभियानमा उहाँहरु सामेल हुनुहुन्छ,’ रौनियारले भने, ‘पछि गएर हामी एक हुनेछौं ।’

आफूसँग एउटा विकसित मुलुकमा गएर राजनीति गरेर नेपाल र नेपालको इज्जत बढाएको अनुभव रहेको दाबी गर्दै रौनियारले भने- ‘अब म यो अनुभवलाई आफ्नो देशभित्र सदुपयोग गर्न चाहन्छु ।’

आगामी ०७४ साल माघ ७ गतेदेखि संसदको म्याद सकिने भन्दै रौनियार त्यसको एक घण्टा पनि म्याद थप्न नदिने कुरालाई आफूहरुको अभियानले प्रमुखता दिएको बताए ।

अभियानका संयोजक विष्टले आफ्नो अभियानमा ५/७ वटा पार्टीहरु सहभागी भइसकेको र विहीबारको कार्यक्रमबाट थप दलहरु सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित