एकैपटक १० परमामाणु हतियार हान्न सक्ने क्षेप्यास्त्रको परिक्षण गर्यो चाइनाले

चाइनाले एकै चोटीमा १० वटा परमाणु हतियारको मार हान्न सक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ। एकै चोटी १० वटा फरक फरक निसाना लगाउन सक्ने उक्त मिसाइलले १० वटा परमाणु बमलाइ खसाउन सक्ने क्षमता भएको बताइएको छ।timthumb

पछिल्लो चोटी चाइना र अमेरिका बिच देखिएको मतभेदका बिच चाइनाले उक्त क्षेप्यास्त्रको परिक्षण गरेको हो। डी एफ ५ सी नाम दिइएको उक्त क्षेप्यास्त्र चिनको सान्सी प्रान्तको ताइयुएनमा परिक्षण गरिएको बताइएको छ। उक्त हतियार चिनको सेनाले ८० को दशकमा प्रयोग गरेको सि एफ ५ को नयाँ स्वरुप भएको बताइएकोे छ।

गएको वर्ष चाइनाले सुरु गरेको सी एफ ५ क्षेप्यास्त्रलाई नयाँ स्वरुप दिने घोषणा गरेलगत्तै अमेरिकाले दुइ देशको सम्वन्ध बिग्रन सक्ने चेतावनी दिइसकेको थियो।

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण सागरको बिषयलाई लिएर बिवाद हुन सक्ने बिषय उठाएलगत्तै चिनले परिक्षाण गरेको हो। तर चिनको पिपुल्स लिवरेसन आर्मिले भने उक्त क्षेप्यास्त्र परिक्षण अमेरिकाकासँग सम्वन्धित नरहेको बताएको छ।

अमेरिकाले भने उक्त परिक्षणसँग अमेरिका जानकार रहेको र चिनको परमाणु भण्डारमा करिव २ सय ५० परमाणु हतियार रहेको जनाएको छ। ‘चिनले लामो दुरीको हतियार निमार्णलाई प्राथमिकता दिइरहेको हामी जानकार छौँ। र अहिले चाइनाले गरेको क्षेप्यास्त्रको पारदर्शिताका बारेमा भने हामीलाइ चिन्ता लागेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक