काठमाडौं– ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा एक बिरामीको मृत्यु भएको छ ।
सुनसरीको धरानकी ५६ वर्षीया गंगा राईको मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै दोषीलाई कारबारी र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
कलोजोको रोगी गंगाले २ वर्षयता नियमित अल्कामै चेक जाँच गराउँदै आएकोमा फेरि एकाएक थप समस्या देखिएपछि आफन्तले बुधबार दिउँसो अस्पताल पुर्याएका थिए ।
अस्पतालमा पुर्याउँदासम्म अवस्था त्यति जटिल नभएको मृतकका ज्वाई राजकुमार राईले बताए । अस्पतालले बिरामीलाई आइसियुमा राख्नुपर्ने बताएपछि त्यहाँ पठाइएको तर आइसियुमा लापरबाही गरिएकाले अकालमै आफ्नो सासुको मृत्यु हुन पुगेको उनले* बताए ।
राजकुमारका अनुसार अस्पतालका डाक्टर तुप्चेन लामाको सिफारिसमा गंगालाई आइसियुमा पठाइएको थियो । तर अस्पतालले आइसियुमा डाक्टर त परै जाओस् नर्स समेत नहुँदा आमाको अकालमा मृत्यु हुन पुगेका छोरी पुनमले रुँदै रातोपाटीलाई बताइन् ।
आफन्तका अनुसार राती एकाएक बिरामीको मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दिएको थियो ।
मृत्यु पश्चात अस्पतालले पीडितलाई उचित क्षतिपूर्ति र दोषी डाक्टरलाई कारबाही गर्ने भनि प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन नसकेपछि घटना बाहिर आएको हो ।
अस्पतालका कलेजो रोग विशेषज्ञ अनन्त श्रेष्ठले तत्काल दोषीलाई कारबाही गर्ने भनि घटनालाई थामथुम पार्ने प्रयास गर्दै शब बुझ्न समेत बाध्य पारेको राजकुमारले बताए । अहिले मृतकको शब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
आफन्तले उचित क्षतिपूर्ति पाउनु पर्ने, दोषी डाक्टरमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेका छन् । उनीहरुले माग पूरा नभए अस्पताल घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् भने मृतकको अन्यष्टि पनि नगर्ने बताएका छन् ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि