कमरेडको हातमा कुकुर ?

cp-mainaliकाठमाडौं, १९ माघ । कतै तपाईले बाटोघाटोमा माले नेता सीपी मैनालीसँग भेट्नुभयो भने सोध्नुहोला, ‘कमरेडको दुवै हातमा केको चोट लागेको होला ?’ जवाफ पाउनुहुनेछ, ‘घरमै पालेको कुकुरले यस्तो गर्‍यो …!’ तर, कुरा किन नपत्याउनुस् भने, यो घरमा पालिएको कुकुरले उनलार्य छोएको पनि छैन । कुरा अर्कै छ ।

उनको पार्टीबाट भूमिसुधार मन्त्री बनाइएका डम्बर श्रेष्ठले चितवन सौराहाकी पार्वती कुमाललार्य सांसदमात्र बनाएनन्, श्रीमानसँग भेटघाट नहुने गरी आफूसँगै राखे । उनी मन्त्री छँदा धेरैपल्ट पत्नी भेट्न भनी पुल्चोकस्थित मन्त्रीक्वार्टर छिर्न खोज्दा मुलगेटमा सुरक्षाकर्मीबाट घिसार्दै निकालिने गरेका पार्वतीका पतिले अन्ततः दुई साताअघि चितवनमा आत्महत्या गरेका छन् ।

संयोजले उनकै पार्टीबाट डा.बाबुराम भट्टराईको सरकारमा श्रममन्त्री भएर पछि गलहत्याइएका कुमार बेलबासे यसै साता कोटेश्वरको एउटा घेराबन्दीमा परे । कुनै सामान्य रेष्टुराँमा मदिरा पिउँदापिउँदै त्यहीँकी वेट्रेससँग लहसिन खोज्दा वरिपरिका मान्छेहरु मिलेर धक्का मुक्का बर्साए । अहिले बेलबासे उठ्न नसक्ने भएर कोठामा थन्किएका छन् ।

माले महासचिव सीपीको दुवै हातमा चोट लाग्नुपछाडिका कारण डम्बर र कुमार हैनन् । तर, उनको पारिवारिकस्रोतका अनुसार, कुरा झण्डैझण्डै त्यस्तै हो । एकजना दलित समुदायकी सांसदसँग निकटताको कुरालार्य लिएर चलेको गलफत्तिमा सीपीको हातले सास्ती खेप्नुपरेको बताइन्छ ।
एनको घरमा एउटा कुकुर त छ, त्यसले हत्तपत्त मान्छेलाई झम्टिहाल्दैन । तर, सीपीमाथि घरबाहिरका कोही मान्छेबाट भने आक्रमण भएको होइन । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक