January 21, 2017

केपी ओलीले दिए सरकार ढाल्ने चेतावनी

पिपुल नेपाल
८ माघ, भक्तपुर। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा नगए सरकारलाई टिपेर फाल्ने चेतावनी दिएकमा छन् ।oli photo

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई निर्वाचन गराउने कि नगराउने भनेर प्रश्न गरेका छन् । ‘कुनै चलाखीको काम छैन । सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन ?’ उनले अघि भने, ‘चुनाव नगराउने भए तत्काल छाड्नुस् । छोड्न गाह्रो लाग्छ भने हामी टिपेर परतिर राख्छौं ।’

निर्वाचन गराउनुपर्ने सरकारले ६ महिनासम्म सिन्को नभाँचेको भन्दै उनले २०७४ मंसीर दोस्रो साताभित्र तीनै तहको निर्वाचन गराउन तयार नभए सरकार हटाउन आफूहरु बाध्य हुने बताए ।

उनले मुलुकलाई नोक्सान हुने कुनै पनि खालको गतिविधि हुन नदिने बताए । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई वृष वृक्ष भन्दै उनले त्यसलाई कुनै हालतमा हुर्कन नदिन आफनो पार्टी प्रतिवद्ध रहेको बताए ।

एमाले अध्यक्ष ओलीले मुलुकलाई नोक्सान पुर्‍याउन विभिन्न गतिविधि भइरहे पनि त्यसलाई रोक्न आफनो पार्टी सफल हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटक:शंकर  पोखरेल

जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान

१६ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सकियो(पुर्णपाठ सहित )

काठमाडौँ, ३० बैशाख ।   १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकिएको छ

लडाकु शिविरको भ्रष्टाचार छानविन गर अख्तियार: ओली

२८ बैशाख ,काठमाडौँ।  पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड निवासबाटै पक्राउ

 बैशाख २७, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड उनकै निवासबाट पक्राउ परेका

शरणार्थी प्रकरणका गिरोहसँग आरजु र मन्जुले  साढे ८ करोड लिएको अडियो सार्वजनिक

बैशाख २४, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा र