१६ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने बताएका छन् । उनले पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न सर्वसाधारणसँगको नियमित भेटघाटका क्रममा यस्तो बताएका हुन् । नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाबमार्फत चेतना अभिवृद्धि गर्ने बताउँदै त्यसका लागि युवा विद्यार्थीहरुको सक्रिय भूमिका रहनुपर्नेमा भट्टराईले जोड दिएका थिए ।
उनले नयाँ शक्तिले लिएको विकास र समृद्धको मुद्दालाई युवा पुस्ताले मात्रै ठीक ढंगबाट ग्रहण गर्नसक्ने बताउँदै भने ‘नयाँ शक्ति भनेको युवा, विद्यार्थीहरुकै बढी सरोकारको विषय हो । त्यसकारण हामी नियमित रुपमा युवाविद्यार्थीसँग अन्तरक्रियामा रहनेछौं ।’ उनले बढ्दै गएको युवा पलायनतालाई रोकेर मात्र मुलुकको विकास संभव भएको बताए ।
आफ्नो प्रधानमन्त्रित्वकालमा सुरु गरेको युवा स्वरोजगारको प्रसंग उल्लेख गर्दै भने, ‘राज्यले सबैलाई आफैंले रोजगारी दिन सक्दैन तर रोजगारी र स्वरोजगारका लागि उपयुक्त नीति बनाउनु राज्यको दायित्व हो ।’ राज्यले उद्यमशीलताको वातावरण बनाई पूर्वाधार तयार गर्नुपर्ने र वित्तीय पहुँचको व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।
‘वित्तीय पहुँचको उपयुक्त नीतिले बैंकमा थुप्रिएर बसेको खर्बौं रुपैंयाको परिचालन हुनm सक्छ’ उनले भने, ‘त्यो पूँजीको प्रयोगबाटै मुलुकमा उद्यमशीलताको विकास हुन्छ र त्यसले समृद्धिको आधार तयार गर्छ ।’ अहिलेसम्म मुलुकमा राजनीतिक अधिकारका लागि संघर्षहरु गरिएकोमा अबको संघर्ष आर्थिक समृद्धि र प्रगतिका लागि हुनुपर्ने बताए ।
‘नेपालमा लोकतान्त्रिक र समन्यायिक अधिकारका लागि यति धेरै संघर्ष भए’ उनले भने, ‘अब हामी विकास र समृद्धिको दिशामा नगएसम्म त्यो राजनीतिक अधिकार पूरा हुँदैन, त्यसैले अबको राजनीतिक एजेण्डा विकासमुखी नै हुनुपर्छ ।’ पछिल्लो समयमा राजनीतिक दलहरुले जनताका मुद्दा छाडेर बरालिन पुगेको संकेत गर्दै नयाँ शक्तिले जनताका सरोकारका सवाललाई प्रमुखताका साथ उठान गर्ने र नयाँ शक्ति नीतिगत रुपमा जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताएका छन् ।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र