मुलुकको आर्थिक विकास र समृद्धिमा युवाको भूमिका मुख्य : भट्टराई

baburam-57c4280e78d653.32976988१६ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने बताएका छन् । उनले पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न सर्वसाधारणसँगको नियमित भेटघाटका क्रममा यस्तो बताएका हुन् । नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाबमार्फत चेतना अभिवृद्धि गर्ने बताउँदै त्यसका लागि युवा विद्यार्थीहरुको सक्रिय भूमिका रहनुपर्नेमा भट्टराईले जोड दिएका थिए ।

उनले नयाँ शक्तिले लिएको विकास र समृद्धको मुद्दालाई युवा पुस्ताले मात्रै ठीक ढंगबाट ग्रहण गर्नसक्ने बताउँदै भने ‘नयाँ शक्ति भनेको युवा, विद्यार्थीहरुकै बढी सरोकारको विषय हो । त्यसकारण हामी नियमित रुपमा युवाविद्यार्थीसँग अन्तरक्रियामा रहनेछौं ।’ उनले बढ्दै गएको युवा पलायनतालाई रोकेर मात्र मुलुकको विकास संभव भएको बताए ।

आफ्नो प्रधानमन्त्रित्वकालमा सुरु गरेको युवा स्वरोजगारको प्रसंग उल्लेख गर्दै भने, ‘राज्यले सबैलाई आफैंले रोजगारी दिन सक्दैन तर रोजगारी र स्वरोजगारका लागि उपयुक्त नीति बनाउनु राज्यको दायित्व हो ।’ राज्यले उद्यमशीलताको वातावरण बनाई पूर्वाधार तयार गर्नुपर्ने र वित्तीय पहुँचको व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।

‘वित्तीय पहुँचको उपयुक्त नीतिले बैंकमा थुप्रिएर बसेको खर्बौं रुपैंयाको परिचालन हुनm सक्छ’ उनले भने, ‘त्यो पूँजीको प्रयोगबाटै मुलुकमा उद्यमशीलताको विकास हुन्छ र त्यसले समृद्धिको आधार तयार गर्छ ।’ अहिलेसम्म मुलुकमा राजनीतिक अधिकारका लागि संघर्षहरु गरिएकोमा अबको संघर्ष आर्थिक समृद्धि र प्रगतिका लागि हुनुपर्ने बताए ।

‘नेपालमा लोकतान्त्रिक र समन्यायिक अधिकारका लागि यति धेरै संघर्ष भए’ उनले भने, ‘अब हामी विकास र समृद्धिको दिशामा नगएसम्म त्यो राजनीतिक अधिकार पूरा हुँदैन, त्यसैले अबको राजनीतिक एजेण्डा विकासमुखी नै हुनुपर्छ ।’ पछिल्लो समयमा राजनीतिक दलहरुले जनताका मुद्दा छाडेर बरालिन पुगेको संकेत गर्दै नयाँ शक्तिले जनताका सरोकारका सवाललाई प्रमुखताका साथ उठान गर्ने र नयाँ शक्ति नीतिगत रुपमा जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे