नेपालगञ्जमा पूर्व राजा वीरेन्द्र शालिक राखियाे

Nepal_King_Birendra.jpg१६ भदाै, काठमाडौं । नेपालगञ्जको वीरेन्द्र चोकमा  पूर्व राजा वीरेन्द्र शाहाको शालिक राखिएको छ । शालिक राख्न दिने र नदिनेहरूकाबीच ब्याप्त तनावकाबीच वीरेन्द्रको शालिक राखिएको हाे । विहानैदेखि शालिक राख्ने र राख्न नदिनेबीच हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अहिले सो क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँ ८०÷९० जनाको संख्यामा प्रहरी परिचालन गरिएको छ भने झण्डै ३ सय जनाको संख्यामा दुबै पक्षका गरी स्थानीयहरू उपस्थित रहेका छन् ।
अहिले तनावकाबीच शालिक र झण्डा गाड्ने काम सकिएको छ । यस अघि पनि सो स्थानमा वीरेन्द्रको शालिक नै रहेको थियो ।  नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो ।
त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि अर्को पक्षले त्यसलाई रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक