मोहन निरौला, कलाकार
एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले ‘भुइँचालो आयो’ भन्नुभयो। हामी भाग्यौँ। सडकमा आयौँ। हिँड्न सकिएन। ढुनमुनिँदै एक साइड घुँडा टेकेर बस्यौँ। केही कम भएपछि हेरेको त हामी पसेकेा घर ढलेछ। वरिपरि अरू पनि घर ढले। सडक चिरियो। लगभग त्यो ठाउँमा हामी एक घण्टा बस्यौँ। अग्लो ठाउँ छिनछिनमा हल्लाई रहन्थ्यो। म विनोद श्रेष्ठ, विश्वदीप घिमिरे, सीता गजुरेल र वसन्त थियौँ। त्यसपछि त्यहाँ बस्नुभन्दा हिँड्नु नै उत्तम हुन्छ भनेर लगभग १ः३० हिड्यौँ। बाटाभरि घर लडेका भाँसिएका थिए। कोलाहल थिए। मान्छे सडकभरि।
टुरुप संग्रौला, वेभ डेभलपर, चाबहिल
म कोठामा बसेर वेभ डेभलप गर्दै थिएँ। अचानक कुर्सी हल्लियो अनि भुइँचालोे आएको अनुभव भयो। कोठाबाट भाग्यौँ। तर, सुरुमा त्यति डर लागेको थिएन, पछि नजिकैको ओम हस्पिटलमा मरेको बिरामीलाई सहयोग गर्न जाँदा फेरि हल्लाएपछि चाहिँ डर लाग्यो। काठमाडौँ बस्न ठीक छैन् भनेर झापातिर आइयो।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा