August 31, 2016

मुलुकको समृद्धिमा लाग्न पूर्व सांसदलाई प्रचण्डकाे आग्रह

images१५ भदाै,  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्व सांसदले भेटेर आफ्ना अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरेका छन् ।
आज बिहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग आफूहरु मुलुकको हितमा सक्रिय भएर काम गर्न चाहेको बताएको हो ।

 सो अवसरमा प्रधानमन्त्री दाहालले मुलुकको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँबाट आवश्यक भूमिका खेल्न पूर्व सांसदलाई आग्रह गरे । प्रधानमन्त्रीले उनीहरुलाई मुलुकको समृद्धिमा सघाउँदै परिवर्तित सन्दर्भमा मुलुकको सकारात्मक हितमा लाग्न जोड दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा पूर्व सांसद मञ्चले सेवा, सुविधा र मर्यादा दिन माग गर्दै लिखित ज्ञापनपत्र बुझाएको मञ्चका महासचिव शङ्करनाथ शर्मा अधिकारीले जानकारी दिए । उहाँका अनुसार प्रधानमन्त्रीले पूर्व सांसदको मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै अन्य मागका विषयमा सबै पक्षसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र