नया पाटी नेपालकाे जिम्मेवारी हेरफेर

baburam-57c4280e78d653.32976988१३ भदाै काठमाडौं ।  नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर भएको छ। भदौ १२ गतेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णय गरेको हो ।

नयाँ जिम्मेवारी अनुसार संयोजक डा. बाबुराम भट्टराईले समग्र पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व गर्दै संगठनात्मक गतिविधिको अनुगमन गर्नेछन् । त्यसैगरी तीन जना सहसंयोजकहरुलाई पार्टीको विभिन्न समितिहरु, केन्द्रीय विभाग, आयोग, संयन्त्र र प्रदेशहरुको अनुगमनको जिम्मेवारी तोकिएको छ ।
जस अन्तर्गत सहसंयोजक रामचन्द्र झालाई पार्टीको राजनीतिक संवाद समिति, संसदीय मामिला, प्रशिक्षण, अन्तर्राष्ट्रिय, संघीय मामिला तथा स्थानीय विकास विभाग, साँस्कृतिक, वन तथा वातावरण, कानून तथा मानवअधिकार विभाग, आंगिक संगठन तथा पेशागत संयन्त्रसहित दुई, तीन र छ नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

अर्का सहसंयोजक महेश कर्मोचालाई नीति अध्ययन तथा अनुसन्धान, सुरक्षा, युवा, कृषि तथा भूमि मामिला, पर्यटन, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकास, खेलकुद विभागका साथै सदाचार आयोग, उपत्यका सम्पर्क संयन्त्रसहित एक, चार नम्बर प्रदेश अनुगमनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सहसंयोजक दुर्गा सोवलाई सचिवालय व्यवस्थापन तथा अनुगमन, महिला, उद्योग, वित्त, वाणिज्य विभाग, शहीद/वेपत्ता परिवार, घाइते/अपांग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन, श्रम, सहकारी तथा स्वरोजगार, स्वास्थ्य तथा योग साधना, सामाजिक संघसंस्था संयोजन, दलित, अल्पसंख्यक तथा समाजकल्याण शिक्षा तथा विज्ञान प्रविधि विभागसहित पाँच र सात नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट