नया पाटी नेपालकाे जिम्मेवारी हेरफेर

baburam-57c4280e78d653.32976988१३ भदाै काठमाडौं ।  नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर भएको छ। भदौ १२ गतेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णय गरेको हो ।

नयाँ जिम्मेवारी अनुसार संयोजक डा. बाबुराम भट्टराईले समग्र पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व गर्दै संगठनात्मक गतिविधिको अनुगमन गर्नेछन् । त्यसैगरी तीन जना सहसंयोजकहरुलाई पार्टीको विभिन्न समितिहरु, केन्द्रीय विभाग, आयोग, संयन्त्र र प्रदेशहरुको अनुगमनको जिम्मेवारी तोकिएको छ ।
जस अन्तर्गत सहसंयोजक रामचन्द्र झालाई पार्टीको राजनीतिक संवाद समिति, संसदीय मामिला, प्रशिक्षण, अन्तर्राष्ट्रिय, संघीय मामिला तथा स्थानीय विकास विभाग, साँस्कृतिक, वन तथा वातावरण, कानून तथा मानवअधिकार विभाग, आंगिक संगठन तथा पेशागत संयन्त्रसहित दुई, तीन र छ नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

अर्का सहसंयोजक महेश कर्मोचालाई नीति अध्ययन तथा अनुसन्धान, सुरक्षा, युवा, कृषि तथा भूमि मामिला, पर्यटन, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकास, खेलकुद विभागका साथै सदाचार आयोग, उपत्यका सम्पर्क संयन्त्रसहित एक, चार नम्बर प्रदेश अनुगमनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सहसंयोजक दुर्गा सोवलाई सचिवालय व्यवस्थापन तथा अनुगमन, महिला, उद्योग, वित्त, वाणिज्य विभाग, शहीद/वेपत्ता परिवार, घाइते/अपांग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन, श्रम, सहकारी तथा स्वरोजगार, स्वास्थ्य तथा योग साधना, सामाजिक संघसंस्था संयोजन, दलित, अल्पसंख्यक तथा समाजकल्याण शिक्षा तथा विज्ञान प्रविधि विभागसहित पाँच र सात नम्बर प्रदेशको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र