विश्लेषण : नारायणकाजीले किन दोहोरो चरित्र देखाउँछन् ?

नेत्र पन्थी

Narayan-Kaji-Shrestha-frontकाठमाडौं– प्रधानमन्त्रीमा चयन भएपछिको पार्टी केन्द्रीय कार्यालय बैठकमा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टी नेताहरुसँग एउटा अनौठो तर रहस्यपूर्ण प्रसंग सुनाए ।
प्रचण्डले त्यस दिन भनेका प्रसंग उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘एमालेसँग गठबन्धन भत्किने करिब–करिब निश्चित भएको थियो । यही विषयमा कुरा गर्न ओलीलाई भेट्न म बालुवाटार गएको थिएँ । त्यहाँ ओलीसँग कुरा भयो ।

ओलीले अर्को कोठामा तपाईंकै नेता सरकार बचाउने भनेर कुरा गर्न आउनुभएको छ भने । म झसंग भएँ । कोही मन्त्री हुन् कि जस्तो पनि लाग्यो । फेरि को आउनुभा’छ र भनेर सोधें ? ओलीले अर्को कोठामा एक्लै बस्नुभएको छ, प्रकाशजी हो के भने । एमालेबाट धोका भएपछि म नयाँ गठबन्धनका लागि दौडधुपमा थिएँ । प्रकाशजी त मलाई प्रधानमन्त्री बन्न नदिन ओली सरकारकै बचाउमा लाग्नुभएको रहेछ ।’
प्रचण्डको त्यो कुरा सुनेर धेरै नेताले जिब्रो टोके । प्रचण्डले यो नभन्न पनि सक्थे । तर, किन ३०/३५ जना नेताबीचमा यस्तो कुरा सुनाए ? प्रधानमन्त्री चयनपछि आफ्नो समूहका नेतालाई शिक्षामन्त्री बनाउन नारायणकाजीले सबै उपाय खोजेपछि प्रचण्डले यो प्रसंग कोट्याएका थिए । तर, प्रचण्डले त्यो कुरा सुनाउँदा नारायणकाजी मोबाइल खेलाएर बसे । केही बोलेनन् ।
त्यसो त नेता नारायणकाजीले सार्वजनिक रुपमै आफ्ना मत ओली सरकारको निरन्तरताको पक्षमा राख्दै आएका थिए । तर, अन्तिम समयमा प्रचण्डले नै कदम चालेपछि उनी पछाडि हट्न बाध्य भए । ओली सरकारलाई हटाउने माओवादीको पहिलो प्रयासमा पनि उनले असहमति राखेका थिए । ‘प्रकाशजी नयाँ गठबन्धनको पक्षमा उभिनुभएन,’ माओवादी केन्द्रका एक नेताले सुनाए ।

‘आफैं गठबन्धन बन्न नदिन दौडधुप गर्ने र अहिले सरकार सञ्चालन समिति संयोजक हुने ? यो कुन नैतिकताले दिन्छ ?’ माओवादीका धेरै नेता–कार्यकर्ताको मनमा बिझेको बताउँछन् ।

प्रचण्डले यस्तो प्रसंग सुनाएको केही दिनमै नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन सहयोग समितिको जिम्मा लिएका छन् । माओवादी स्रोतका अनुसार उनले आफैंले यस्तो समिति बनाउन प्रचण्डसँग माग गरेका थिए । माओवादीको भदौ ४ मा बसेको बैठकले उनकोे नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन गरेको थियो । माओवादीभित्र यसलाई उनको अनैतिक कदमका रुपमा हेरे । ‘आफैं गठबन्धन बन्न नदिन दौडधुप गर्ने र अहिले सरकार सञ्चालन समिति संयोजक हुने ? यो कुन नैतिकताले दिन्छ ?’ माओवादीका धेरै नेता–कार्यकर्ताको मनमा बिझेको बताउँछन् ।
मन्त्रिपरिषद् विस्तारमा उनले आफ्नो समूहबाट शिक्षामन्त्री बनाउन प्रचण्डलाई दबाब नै दिएका छन् । काँग्रेससँगको सहमति नटुंगिएका कारण नारायणकाजी समूहबाट मन्त्री बनेको डीआर पौडेलले मन्त्री भएको दुई साता बित्दा पनि विभाग पाएका छैनन् । साउन ३० मा तेस्रोपटक मन्त्री हुँदा माओवादीबाट जनार्दन शर्मा ऊर्जा, हितराज पाण्डे स्थानीय विकास, राम कार्की सञ्चार र अजयशंकर नायक कानुनमन्त्री भएका थिए । तर, शिक्षामै दाबी गरेपछि डीआर पौडेल भने विनाविभागीय मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्