३ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि फर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
सरकारमा कांग्रेसको नेतृत्व गरेका निधि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा बिहीबार भारत गएका छन् । उनी सोमबार साँझ मात्र र्फकने कार्यक्रम छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार अहिलेसम्म मन्त्रीहरुको सूची बनिसकेको छैन ।
देउवाले रामचन्द्र पौडेलसँग वार्ता गर्ने जिम्मा निधिलाई नै दिएका थिए । र, उनले भारत जानुअघि पौडेलसँग भेटेर कुराकानी पनि गरेका थिए । तर, सहमति हुन सकेन ।
पौडेल समूहले पार्टीले पाउने मन्त्रालयमध्ये ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग गर्दै आएको छ । तर, देउवा भने ४ भन्दा बढी मन्त्रालय नदिने पक्षमा छैन ।
देउवा समूहमै पनि मन्त्रीको आशंका धेरै छन्, जसका कारण उनले नाम टुंगो लगाउन सकेको छैनन् ।
कांग्रेसका एक नेताले भने, łपार्टी सभापतिले नेताहरुसँग छलफल गर्नु हुन्छ र गृहमन्त्री निधि भारतबाट फर्किएपछि थप छलफल गरेर मन्त्रीहरुको टुंगो लगाउनुहुन्छ ।’
उनका अनुसार आगामी मंगलबार मात्र मन्त्रिपरिषद् विस्तारको सम्भावना छ । यसअघि कांग्रेसले नेपाल विद्यार्थी संघको अधिवेशनलाई देखाउँदै आएको थियो ।
१२ दिन लगाएर नेविसंघको अधिवेशन बिहीबार सकिएको छ तर, मन्त्री छनौट अझै सहज छैन ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा