१४ असार, दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका-४ स्थित दिपेन्द्र आधारभुत विद्यालय पर्सेनी केन्द्रबाट एक नक्कली मतदाता पक्राउ परेका छन् । दाजुको नामबाट भोट हाल्न खोज्ने राहत अलीलाई प्रहरीले पक्राउ गरेको हो ।
राहत अली दाजु अहमद राज अलीको नाममा भोट हाल्न गएका थिए । मतदाता नामावली रुजु गर्ने क्रममा शंका लागेर सोधपुछ गर्दा उनी नक्कली मतदाता भएको पत्ता लागेको हो ।
राहत अलीलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । गढवाका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले उनीबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यसैबीच मोरङको विराटनगर महानगरपालिका-३ स्थित कन्या क्याम्पसबाट भतिजको नामबाट भोट हाल्न खोज्ने २९ वर्षीय पुरुषोत्तम आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव