Taxi

काठमाडौं, ८ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ ।

यसअघि महाशाखाले ट्याक्सी कारबाहीको राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउँदै आएको थियो । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि यातायात व्यवस्था विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेसँगै महाशाखाले सङ्कलन गर्न थालेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले कारबाहीमा परेका ट्याक्सीलाई राजस्व तिर्न यातायात व्यवस्था कार्यालय पठाउने गरेको भए पनि अब महाशाखालाई अधिकार दिएको बताए ।

उनले भने, ‘विभागले आफ्नो जनशक्ति कम तथा राजस्व उठाउन झन्झट हुने भएकाले महाशाखालाई अधिकार दिएको हो ।’ बुधबारदेखि विभागले दिएको अधिकार महाशाखाले लागू गरेको उनले बताए । मिटरमा जान नमान्ने वा बढी भाडा असुल्ने गरेको जनगुनासो आएपछि सरकारले हरेक ट्याक्सीलाई प्रिन्टर मेसिन जडान गर्न निर्देशन दिइसकेको र केही ट्याक्सीमा प्रिन्टर मेसिन जडानसमेत भइसकेको लामाले बताए ।

यसैगरी सवारीसाधन दर्ता नगरी चलाएमा, विदेशमा दर्ता भएका सवारी अनुमति नलिई चलाएमा, बाटो इजाजत नलिई सार्वजनिक यातायात सेवा सञ्चालन गरेमा, पटके बाटो इजाजत नलिई सवारी चलाएमा, छुट्याएका सिटमा सम्बन्धित मान्छे नराखेमा, ध्वनि सङ्केत निषेध गरेको ठाउँमा ध्वनि सङ्केत दिएमा गरिएको कारबाहीको राजस्वसमेत यातायात कार्यालयलमा पठाउने गरेकामा अब महाशाखाले नै उठाउने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने