February 10, 2017

३३८ ले एकैचोटी राजिनामा दिएपछि शेर बहादुर एक्लिदै !

न्यायपरिषदले बहुमतका आधारमा गरेको न्यायाधीश नियुक्ति प्रकरणमा बारको अस्तित्वलाई अस्विकार गर्दै संविधान अनुरुपको समानुपातिक एवम् समावेशी सिद्धान्तविरुद्ध निर्णय भएको भन्दै ३३८ जनाले राजिनामा दिएका हुन्।

    उच्चअदालतमा भएको न्यायाधीश नियुक्तिप्रति गम्भिरअसन्तुष्टी जनाउँदै बार उपध्यक्षसहि३३८जनाले एकैचोटी राजिनामा दिएपछि बारअध्यक्ष शेरबहादुर केसीलाई एक्ल्याएका हुन्।न्यायपरिषदले बहुमतका आधारमा गरेको न्यायाधीश नियुक्ति प्रकरणमा बारको अस्तित्वलाई अस्विकार गर्दै संविधान अनुरुपको समानुपातिक एवम् समावेशी सिद्धान्तविरुद्ध निर्णय भएको भन्दै ३३८ जनाले राजिनामा दिएका हुन्। नेपाल बारएशोसिएसनका केन्द्रीय उपाध्यक्ष विनय सिंह सहित दुई नम्बर प्रदेश अन्तर्गत रहेका मधेशका आठवटा जिल्ला बार र तीनवटा उच्च अदालत बारका पदाधिकारीले विहीबार नेपाल बारको साधारण सदस्य नरहने गरी बार अध्यक्ष शेरबहादुर केसीलाई राजिनामा बुझाई साधारण सदस्यता त्यागेका हुन्।

बारको सदस्यता त्याग गर्नुअघि मधेशबाट काठमाडौं आएका सयौं कानुनव्यवसायीले प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध चर्का नाराबाजीसहित रामशाहपथस्थित बारको केन्द्रीय कार्यालय घेराउ गरेका थिए।बार सदस्यताबाट राजिनामा दिनेमा मध्यमाञ्चल बार उपाध्यक्ष सिंह, पर्सा बारका अध्यक्ष रामाशिषप्रसाद यादव, बारा बारका अध्यक्ष योगेन्द्र मण्डल, रौतहट बारका अध्यक्ष अनन्त अधिकारी, सर्लाही बारका अध्यक्ष मोहन राय यादव रहेका छन्। तेसै गरिमहोत्तरी बारका अध्यक्ष सुनिल पंकज,सिराहा बारका अध्यक्ष रामस्वरुप चौधरी, सप्तरी बारका अध्यक्ष रामप्रसाद चौधरी, राजविराज उच्च अदालत बारका अध्यक्ष विजयकुमार यादव, जनकपुर बारका अध्यक्ष वीजया पाण्डे र वीरगञ्ज उच्च अदालत बारका अध्यक्ष सुधीर कर्णसहित तीन सय ३८ जना कानुनव्यवसायी छन्।नेपाल बारले आन्दोलनकारीका मागलाई लिएर सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दाशको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरि शुक्रबार ११ बजेलाई वार्ता तय भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने