िकन श्रेष्ठलाई प्रचण्डले धोका दिए? देउवाले जोशीलाई रुवाए ?

josi-shyam-1070x428

काठमाडौं । माओवादी र कांग्रेस गठबन्धनको सरकारमा मन्त्रीहरुको लिष्टमा रहेका दुई नेता एकाएक गायक भए । पर्वतबाट तिन पटक निर्वाचन जितेका अर्जुन जोशी र माओवादीका नेता रामेछापबाट प्रत्येक्ष निर्वाचन जितेका श्यामकुमार श्रेष्ठलाई यसपाली ठुलै धोका भयो ।मन्त्री बन्छनु भने निकै चर्चा परिचर्चा भएका यी दुई नेता मन्त्रिपरिषद विस्तार भएपनि ‘बलिको बोको’ बनाउने काम भयो । पहिला मन्त्री बनाउछु भनेर लिष्टमा राखियो अन्तिममा धोका दिइयो ।

रामेछापबाट प्रत्यक्ष निर्वाचित माओवादी सांसद श्यामकुमार श्रेष्ठलाई फुल मन्त्री दिने दिने भनेर बिश्वास दिलाईयो र अन्तीम अबस्थामा आएर राज्यमन्त्रीको कुरा भयो यहि कारण श्रेष्ठ आफूमाथि धोका भएको भन्दै राज्यमन्त्री पद नै अस्वीकार गरे ।पहिला मन्त्री बनाउने आश्वासन दिएर पार्टी अध्यक्ष प्रचण्डले अहिले राज्यमन्त्री पठाउन खोजेको भन्दै सांसद श्रेष्ठले आपत्ति जनाउँदै पद अस्वीकार गरेका गरे । यो कुराले माओवादी हेडक्वाटर मात्रै होईन रामेछापमा रहेका माओवादी केन्द्रका केन्द्रिय नेताहरुले यस्तै अबस्था भए पार्टीमा काम गर्न अप्ठारो हुने भन्दै राजीनामाको तयारी गरेको जनाइएकाे छ।

यस्तै सबैभन्दा मन्त्रीको लिष्टमा चर्चामा रहेका सामाजीक संञ्जालभरी मन्त्री बन्नु भएकोमा बधाई भनेर ब्यापक गरिएका पर्वत क्षेत्र न. १ का सांसस तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको सपथ खान ठिक्क परेका बेला रुवाएका छन् ।सपथ खान दौरा सुरुवाल समेत लगाएर तयार भएका जोशी आफ्नो नाम मन्त्रीको सूचीबाट हटाएको सुनेपछि भक्कानिएको बिषेस समाचार श्रोतले बताएको छ । मन्त्रीको लिष्टमा राखिएको नेतालाई एकाएक ठुलो चलखेल गरेर हटाएको बताईन्छ । सुचनाकेन्द्र डटकमलाई प्राप्त सुचनाअनुसार जोशी कोईराला गुटमा रहँदा पर्वतमा रहेका देउवा गुटलाई अनावश्यक पेलेको, दुख दिएको, जस्ता अनेक आरोपहरु लाग्दै आएका थिए । यस्तै जोशी देउवा गुटमा गएता पनि पुरानो गुटका नेताहरुको चलखेलले नै मन्त्री पद गुमाउन परेको बताईन्छ ।

१३ औं महाधिवेशनमा कोइराला समूहका जोशी देउवा समूहमा आएका थिए । उनले महाधिवेशनमा देउवालाई निकै सहयोग गरेका थिए । अनौठो त यो भएको थियो त्यो समय केन्द्रिय सदस्यमा चुनाव लडेका जोशीले आफु चुनाव हारेका थिए देउवालाई जिताएका थिए ।त्यसको बदलामा अहिले देउवाले जोशीलाई यो उपहार दिएको कांग्रेसीहरु नै बताउँछन् । जोशीलाई अन्तिम समयमा हटाएर देउवाले आफ्नै समूहका केन्द्रीय सदस्य महेन्द्र यादवलाई मन्त्री बनाइदिए । अघिल्लो दिन सबै कुरा भएका जोशीलाई बिहान पार्टीका सचेतन चिनकाजी गुरुगंलाई ल्याएर जोशीलाई हटाउने बताईए पनि अन्तीममा देउवा गुट कै महेन्द्र यादवलाई ल्याएर जोशीको मन्त्री पद खोसियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने