September 10, 2021

स्टिल उद्योगका ५ मजदुरको भट्टी पड्किएर मृत्यु, उद्योगले लुकायो जानकारी

वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो। त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ। मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन्

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए। ‘५ जनाको मृत्यु भएको रहेछ,’ एसपी पाण्डेले अन्नपूर्णसँग भने, ‘तर, यो जानकारी बिहीबार मात्रै पाएका हौं।’ 

वास्तविकता लुकाउने उद्योगको प्रयास
उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरको मृत्युबारे आधिकारिक जानकारी नै दिन मानेको छैन। भट्टी विस्फोटको घटना उद्योगले सुरुदेखि नै ढाकछोपको प्रयास गरेको थियो।

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीसँग बिहीबार साँझ प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन्। उनको मोबाइल नं ९८५१२३७१८७  मा पटक—पटक फोन गर्दा नउठाइ काटेका छन्। घटना भएको दिन पनि सञ्चारकर्मीलाई घटनास्थलमा जान बन्देज गरियो। व्यवस्थापनले उद्योगको मूल गेटबाटै सञ्चारकर्मीलाई फर्काएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण