May 6, 2017

सांसद र कार्यालय प्रमुखबीच हानाहान : कारण यस्तो छ

बैशाख २३, वीरगन्ज – पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रमका विषयमा विवाद चर्किएपछि गुप्ता र गोइतबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रम पर्साको सदस्यसमेत रहेका गुप्ता जनता आवास कार्यक्रमको सूचना माग्न जाँदा विवाद भएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जनता आवास कार्यक्रमका लागि कार्यालय प्रमुख गोइतले करारमा ११ जना कर्मचारी नियुक्त गरेपछि यस विषयमा सूचना माग्न सांसद गुप्ताका प्रतिनिधि र कार्यक्रमका संयोजकसमेत रहेका पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्रबहादुर अमात्यका स्वकीय सचिव अवधेश साह शुक्रबार अपराह्न डिभिजन कार्यालय पुग्नुभएको थियो । तर कार्यालय प्रमुख गोइतले सूचना दिन आनाकानी गरेपछि सांसद गुप्ता आफैं गोइतको कार्यकक्षमा पुग्नुभयो । दुवैजनाबीच गालीगलौज भयो । सांसद गुप्ताले स्ट्याम्प प्याड र गोइतले मोबाइल प्रहार गरेपछि दुवैबीच कुटाकुट सुरु भयो । त्यसपछि सांसद गुप्तासँगै गएका कार्यकर्ताले गोइतलाई कुटपिट गर्दै घिसारेर नजिकै रहेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको कार्यकक्षमा लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘मजस्तो माननीय जाँदा पनि उनले कुनै रेस्पोन्स नगरेपछि मैले किन यस्तो गरेको भनेर सोध्दा अचानक ममाथि मोबाइल प्रहार गरे । त्यसपछि त्यहाँ रहेका केही साथीहरूले सामान्य हातपात गरिदिए’, सांसद गुप्ताले भन्नुभयो, ‘अनि मैले उनलाई सीडीओ साबकहाँ लिएर गएँ । सीडीओ साबले यसबारे छानबिन गरेर कारबाही गर्ने आश्वासन दिनुभएको छ ।’

यता कार्यालय प्रमुख गोइतले भने सांसद गुप्ताले गुन्डा पठाएर आफूलाई कुट्न लगाएको आरोप लगाउनुभएको छ । ‘सुरुमा सांसद गुप्ताका पाँचसातजना कार्यकर्ता मेरो अफिसमा आए । कर्मचारी नियुक्तिको सूचना माग्ने बहानामा गालीगलौज गर्दै धम्क्याउन थाले । पछि सांसद गुप्ता आफैं मेरो कार्यालयमा आएर धम्की दिन थाले अनि टेबुलमा रहेको पेपर स्टोनले अचानक प्रहार गरे । मैले पनि प्रतिकार गरें’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने