September 12, 2017

सरकारका कारण साल्ट ट्रेडिङ आर्थिक घाटामा

काठमाडौँ, २७ भदौ । सरकारको कारण पछिल्लो समय साल्ट ट्रेडिङ कर्पाेरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ ।
th

गरेको जस्तापाता गोदाममा थन्किदा, चर्काे मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पाेरेशनलाई करोडौँ घाटा हुन पुगेको हो ।

कर्पाेरेशनको ५५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईले पछिल्लो समय सरकारकै कारण कर्पाेरेशनले आर्थिक घाटा व्यहोर्नु परेको जानकारी दिए । उनले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्न सुझाव दिए ।

दैनिक उपभोगका वस्तु नुन, चिनी, रसायनिक मललगायत वस्तु कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको छ । नौ महिनासम्म पुग्ने नुन कर्पाेरेशनले मौज्जादसमेत गरेको छ ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनले आगामी दिनमा आफ्नो कामलाई विविधिकरण गर्ने जानकारी दिईन् ।

कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेशनले सरकारको निर्देशनमा काम गर्दै आएको बताए ।

कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव कुमुन्दप्रसाद पौडेल र आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज ज्ञवालीले सरकार र निजी क्षेत्रको सेतुको रुपमा कर्पाेरेशनले काम गरेको बताए । पुरस्कार र सम्मान कार्यक्रममा कर्पाेरेशनद्वारा स्थापित २०७४ सालको बाल हितकारी पुरस्कार गरिब तथा अनाथ बालबालिका उद्धार केन्द्र बाँसबारीलाई प्रदान गरिएको थियो ।

मदिराका खेर गएका बोतलबाट काठमाडौँको सुन्दरीजल र गोरखामा आवास निर्माण गरी हाल ६० जना अनाथ बालबालिकालाई सो केन्द्रले आश्रय दिइराखेको छ । गरिब तथा अनाथ बालबालिकाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कर्पाेरेशनले सो संस्थाका अध्यक्ष सुधामा कार्कीलाई  ५० हजार नगदसहितको सम्मानपत्र प्रदान गरेको हो ।

यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट तेजबहादुर कुँवर (अञ्चल कार्यालय धनगढी) र राजबहादुर लामा (डिपो कार्यालय हुम्ला), ईश्वरलाल श्रेष्ठ सेवा पुुरस्कारबाट ओमसिद्धि गुभाजु, सावित्री देवकोटा र कृष्णबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो ।

अनङ्गमान छात्रवृत्तिबाट सुशील ढकाल, अनिश श्रेष्ठ र अबिनास पन्त तथा लोकमान छात्रवृत्ति प्रार्थना कुँवरलाई प्रदान गरिएको थियो । कर्पाेरेशनमा २० वर्षभन्दा बढी सेवा गरेका ईश्वर आचार्य, ईश्वरा श्रेष्ठ, रामनरेश प्रसाद, कृष्णलाल चौधरी र मुगादेवी कट्टेललाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने