सम्भव छ काठमाडौंमा स्काई रेल

काठमाडौँ, ४ साउन – साइमेक्स इंक कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ । काठमाडौं महानगरपालिकाले करिब ६ महिनाअघि काठमाडौंमा स्काई रेल सञ्चालनको सम्भाव्यताबारे साइमेक्स इंक कम्पनीलाई अध्ययन गर्ने जिम्मेवारी दिएको थियो । उसले मंगलबार स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ ।

summer-2016-036

महानगरपालिकाले मेट्रो रेलभन्दा स्काई रेल सञ्चालन सहज हुने अनुमान गर्दै यसका लागि साइमेक्सलाई अध्ययन गर्ने जिम्मा दिएको थियो । साइमेक्सले तीन महिनाभित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने साइमेक्स र महानगरपालिकाबीच गत २६ माघमा भएको सम्झौतापत्रमा उल्लेख छ । तर साइमेक्सले ६ महिनापछि मात्रै प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ । जसमा पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल चलाउन सकिने उल्लेख गरिएको छ । जसको रुट तिलगंगाबाट सुरु भएर एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म राखिएको छ । यही रुटलाई भविष्यमा कीर्तिपुुरसम्म लम्ब्याउनसमेत सकिने प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी महाराजगन्ज नारायणगोपाल चोकबाट लाजिम्पाट, लैनचौर, रत्नपार्क, सातदोबाटो हुँदै ललितपुरको गोदावरीसम्म स्काई रेल सञ्चालन गर्न सकिने उल्लेख छ । चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने साइमेक्सले जनाएको छ । साइमेक्सका अनुसार १० किलोमिटर स्काई रेलको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्नेछ । १० किलोमिटर लिक बनाउन दुई वर्ष लाग्नेछ ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत खर्च कम लाग्ने साइमेक्सले दाबी गरेको छ । स्काई रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्नेछन् भने एउटा स्काई रेलमा आठवटासम्म डिब्बा जोड्न सकिने प्रतिवेदनमा उल्लेख छ । तर काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने स्काई रेलको हकमा भने बढीमा तीन वटा मात्रै डिब्बा जोड्न सकिने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने