समाजबाद उन्मुख अर्थतन्त्र र संघीयता अनुकुल नीति बनाउन जुट्यो अर्थमन्त्रालय

IMG_0269

काठमाडौं । नयाँ संबिधान जारी भएपछि संबिधान अनुकल हुने आर्थिक नीति नियम बनाउन अर्थमन्त्रालय जुटेको छ ।
अहिलेसम्म कार्यान्वयनमा रहेका आर्थिक नीति नियमहरु एकात्मक राज्य ब्यवस्था र बिकेन्द्रीकरण अनुरुपका भएकोले संबिधानसँग नमिलेको भन्दै अर्थमन्त्रालय नयाँ नीति नियम बनाउन लागेको हो ।
नेपालको संबिधानले समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेको छ । अहिले कार्यान्वयनमा रहेका आर्थिक नीति नियमहरु पुँजीबादी अर्थब्यवस्थालाई सहयोग पुर्याउने प्रकारका भएको आरोप लाग्ने गरेको छ ।
संबिधानले संघीय स्वरुपमा जाने ब्यवस्था गरेको छ । कार्यान्वयनमा रहेका अधिकांश नीति नियमहरु संघीयता अनुकुल नरहेको भन्दै नीति नियम परिर्माजनको गृहकार्य गरिएको हो ।
नयाँ आर्थिक नीति बनाउन अर्थमन्त्रालयले बिज्ञ समुह नै गठन गरेर गृहकार्य थालेको छ । मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले यस्तो गृहकार्य थालेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
नयाँ नीति बनाउन मन्त्रालयले सर्बसाधारणसँग सुझाव समेत मागेको छ । मन्त्रालयले बिहिबार सार्बजनिक सुचना प्रकाशित गरेर सरोकारवाला र सर्बसाधारणको सुझाब मागेको हो ।
‘अर्थतन्त्रलाई सबल एबम् गतिशील बनाउदै मुलुकको आर्थिक समृद्धि हासिल गर्न आर्थिक नीतिको आवश्यकता छ, बित्त नीति, मौद्रिक नीति तथा क्षेत्रगत नीतिहरुका मुलभूत पक्षहरुलाई दिशाबोध गर्ने आर्थिक नीति तर्जुमाको लागि अर्थमन्त्रालयले आर्थिक नीति निर्माण प्रक्रियालाई अगाडि बढाएको छ, यस सन्दर्भमा सबै सरोकारवाला निकायका साथै आम नागरिकस्तरबाट अमुल्य सुझाब तथा पृष्ठपोषण गर्नुभइ राष्ट्र निर्माणको यस अभियानमा आ आफ्नो तर्फबाट सक्दो योगदान गर्नुहुन अर्थ मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयले बिहिबार सार्बजनिक सुचना प्रकाशित गर्दै भनेको छ ।क्लिकमण्डूमा ख़बर छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने