सपथ ग्रहणमा देउवा र ओली बिच एकता

Sher-Bahadur-Deuba-and-KP-Sharma-Oli-Handshake-3-768x513

 

Sher-Bahadur-Deuba-and-KP-Sharma-Oli-Handshake-1-768x512

२४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

मंगलबार व्यवस्थापिका संसदले कांग्रेस सभापति देउवा प्रधानमन्त्री निर्वाचित गरेपछि बधाई दिनु अघि नै ओली बाहिरिएका थिए । तर, बुधबार पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ ग्रहण समारोहमा उपस्थित भए र देउवालाई बधाई दिए ।

 

जब देउवाको सपथ ग्रहण सकियो, प्रमुख विपक्षी दलका नेता ओली बधाई दिन अघि बढे । त्यसक्रममा हात मिलाए लगतै देउवाले ओलीको हात समातेर माथि उठाए ।

 

दुबैले क्यामेरातिर हेरेर पोज पनि दिए, जसले राष्ट्रपति भवन शीतल निवासको प्रांगणमा रहेका सबैको ध्यान तान्यो । दुई नेताले केहीबेर हातमा हात मिलाएर एकताको सन्देश दिए ।

बधाई आदान प्रदान गरिरहँदा दुवै नेता उन्मुक्त हाँसोमा थिए । एमाले अध्यक्ष ओली आफ्नो सामुन्ने उभिनासाथ देउवाले उनको हात समाउँदै प्रसन्नता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने