वैज्ञानिक शोध : संसारभर बढ्दैछ सेक्सप्रति अरुचि

बीबीसी

सेक्सको मामलमा अहिलेको समय मानव इतिहासमै सवैभन्दा उनमुक्त अवधि मान्न सकिन्छ । विगत चार दशक यता विकसित प्रविधिले यौन सम्बन्धलाई उन्मुक्ता दिएको छ, चाहे त्यो गर्भनिरोधक गोली होस् वा ग्रिंडर तथा टिंडर जस्ता डेटिङ एप्स । यो सवै मिलाएर यौन सम्बन्धलाई नयाँ उचाई दिन्छ ।

यति मात्र होइन सामाजिक मुल्य–मान्यताको देष्टिकोणबाट पनि समलैंगिकता, तलाक, विवाह भन्दा पहिला सेक्स सम्बन्ध र एकभन्दा धेरैसँग यौन सम्बन्ध जस्ता चलन अब धेरे नै स्वीकार्य हुन थालेको छ ।

यति हुँदा हुँदै पनि अध्धयनले यस्तो बताउँछन कि पछिल्लो दशकको तुलनामा विश्वमा मानिसहरु कम सेक्स गरिरहेका छन् ।

मार्चामा अमेरिकी शोधकर्ता जोन त्वंगे, रायन शेरमान र ब्रुक वेल्सको एक शोध अध्ययन आर्काइव्स अफ सेक्सुअल विशेवियरमा प्रकाशित भएको थियो, जसका अनुसार १९९० को दशकको तुलनामा २०१० को दशकमा मानिस हरेक बर्ष नौ पटक कम सेक्स गरेका छन् । तथ्याङ्कका अनुसार यसमा १५ प्रतिशत कमी आएको छ ।

१९९० को दशकमा हरेक बर्ष मानिस ६२ पटक सेक्स गरिरहेका थिए, जो २०१० को दशमा घटेर बर्षेनी ५३ पटकमा पुगेको छ । यो कमी सवै धर्म, सवै जाती, सवै क्षेत्र, शिक्षित तथा अशिक्षित सवै किसिमका मानिसमा देखिएको छ ।

यस्तो खालको प्रवृति विश्वभर नै देखिएको छ । २०१३ मे मा नेशलन सर्वे अफ सेक्शुअल एन्ड लाइफस्टाइल नैटकसालका अनुसार १६ देखि ४४ बर्षका मानिस महिनामा पाँच पटक सेक्स गर्न थालेका थिए ।

२००० को तलनामा यो कम थियो, त्यसबेला हरेक महिना पुरुष ६ दशमलव २ पटक र महिला ६ दशमलव ३ पटक सेक्स गरेका हुन्थे ।

२०१४ मा अस्टे«लिय नेशलन सर्वे अफ सेक्शुअल एक्टिविटीका अनुसार हरेक साता मानिस एक दशमलव ४ पटक सेक्स सम्बन्ध बनाउन लाग्थे, जवकि त्यसभन्दा अगाडिका १० बर्षमा यो अनुपात १ दशमलव ८ पटक थियो ।


यो स्थिति जापानमा धेरै भयावह देखियो, जसका अनुसार १६ देखि २५ बर्षको उमेरका ४६ प्रतिशत महिला र २५ प्रतिशत पुरुष सेक्स सम्बन्धलाई घृणा गर्न थालेका छन् ।

यस्तो किन भैरहेको छ ?

यसको कुनै कारण छैन, तर बीबीसी फ्युचरले यस विषयलाई गम्भीरता पूर्वक खोज्ने कोशिष गरेको छ ।

यसको सवैभन्दा सजिलो निश्कर्ष त यो हो कि प्रविधि उपयोग धेरै गर्नु । खास गरेर दुई प्रविधिलाई घट्दै गएको सेक्सको कारण मानिएको छ, एक अनलाइन पोर्नोग्राफी र अर्को सोसल मिडिया ।

अनलाई पोर्नोग्राफी बढदै गएको चलनबाट कैयौ मानिसमा सेक्स एडिक्शन जस्तो विरामी पनि देखिएको छ । जब तपाईं यस्तो एडिक्शनको शिकार हुनुहुन्छ पोर्नले वास्तविक जीवनको सेक्सको ठाँउ लिन्छ ।

शोधकार्तका अनुसार पोर्न हेर्ने मानिस सेक्स सम्बन्ध बनाउने मामलामा कम रुचि राख्छ । २०११ मा इटलीमा पोर्न देख्ने २८ हजार मानिसमा सर्वे गरिएको थियो, जसमा धेरैजसो मानिस पोर्न हेर्ने वानी परेको थियो ।

शोधकर्ता कार्लो फोरेस्टाका अनुसार दैनिक पोर्न हेर्नेहरु विभत्स तरिकाले सेक्स गर्न मन पराउँछन् ।

सर्वेका अनुसार, पोर्नमा देखिने काल्पनिक तस्वीरको यस्तो असर हुन्छ कि वास्तविक तरिकारले पुरुष बेडरुममा सेक्स सम्बन्धका लागि तयार नै हुँदैन ।

सन् २०१४ मा अमेरिकामा माइकल मैलकाल्म र जर्ज नाउफैलले १८ देखि ३५ बर्षका १५०० यूवामाथि सर्भे गरे, यसमा इन्टरनेटको बढ्यो प्रयोग र उनीहरुका रोमान्टिक जीवनमा पर्ने असरवारे सोधिएको थियो ।


इस्टन इकोनमिक जर्नल, मा प्रकाशित यो अध्ययनमा देखिएको थियो कि जो मानिस धेरै समयसम्म इनटरनेटको प्रयोग गर्छन्, उनीहरुमा विवाह गर्नेको दर पनि कम हुन्छ । यो दर अरु धेरै कम हुँदै जान्छ, जब पुरुष अनलाइन पोर्नोग्राफी दैनिक जसो हेर्छन् ।

पोर्नोग्राफीबाहेक सोशल मिडियाका कारण मानिस आफ्नो बेडरुममा धेरै समय बिताउन सक्दैनन् । सेक्सभन्दा धेरै मानिस मोवाइल स्क्रीनमा ध्यान दिन्छन् । यो त्यहीँ निश्कर्षको विस्तार हो, जहाँ पहिला भनिएको थियो कि, टीभीका कारण मानिसहरु कम सेक्स गरिरहेका छन् ।

सातामा कति सेक्स ?

यी दुई निश्कर्षपछि प्रश्न उठाउनु पनि जायज हो । पोर्नोग्राफीबाट यौन सम्बन्धमा पर्ने असरलाई लिएर विशेषज्ञ विभाजित छन् । कतिपय विशेषज्ञ मान्छन कि, इन्टरनेट सेक्स एडिक्शनबाट मानिसमा सेक्सप्रति रुचि अरु बढ्छ ।

२०१५ मा जर्नल सेक्शुअल मेडिसिनमा प्रकाशित एक आलेखका अनुसार एक सातामा कम भन्दा कम दुई पटक ४० मिनेटसम्म पोर्नोग्राफी हेर्नाले मानिसमा सेक्स इच्छा प्रवल हुन्छ ।

यो अध्ययन २८० पुरुषमाथि गरिएको थियो । कतिपय विशेषज्ञका अनुसार प्रति साता दुई घण्टासम्म पोर्नोग्राफी हेर्दा सेक्स गर्ने चाहना सवैभन्दा बढी हुन्छ ।

यो परिणामको शोधकर्ता त्वेंगे, शेरमान, वेल्सले पनि आफ्नो अध्ययनमा समेटेका छन् । तर, यसमा पनि अन्तिम निश्कर्ष छ, पोर्न धेरै हेर्ने बानीले मानिसको सेक्सप्रतिको रुचि कम गराउँछ ।

यही शोसल मिडियाका वारेमा पनि भन्न सकिन्छ, ग्रिंडर र टिंडर जस्ता एप्सले मानिसको सेक्स जीवनमा गति मिल्छ । यसले यूवा सेक्स सम्बन्त्र बनाउने फैसलामा चाडै पुग्छन् ।

प्रविधिको आममानिसको सेक्शुअल जीवनमा असर पर्छ नै, तर केवल यहीँ कारणबाट मानिसको सेक्स जीवन प्रभावित हुन्छ भन्ने अवस्था चाहीँ होइन ।

यसबाहेक कामको दबाबको पनि मानिसको बेडरुममा असर पर्दैछ । पश्चिमी विश्वमा औसत पूर्णकालीन कर्मचारीको अमरिकामा प्रति साता ४६ घण्टा काम गर्नुपर्छ । यसको थकान र तनावको असर मानिसको सेक्स जीवनमा पर्छ ।


तर, यो यति सहज कुरा पनि होइन । १९९८ मा जेनेट हायड, जान डिलामेटर तथा इरी हेविएटले आफ्नो अनुसन्धानमा बताएका थिए, कामको दवावले महिलामा सेक्स गर्ने इच्छामा कुनै असर हुँदैन ।

यो अध्ययन जर्नल अफ फेम्ली साइकोलोजीमा प्रकाशित भएको थियो । यसका अनुसार घरेलु महिला र काम गर्ने महिलामा सेक्स गर्ने इच्छामा कुनै फरक थिएन ।

यद्यपि त्वेंगे, शेरमान र वेल्सको अध्ययन चाहीँ ठीक उल्टो छ, किनभने नयाँ अध्ययनका अनुसार व्यस्त कामकाजी जीवनमा सेक्स लाइफ प्रभावित हुन्छ ।

कामको असर सेक्स जीवनमा हुन्छ तर यो काम गुणवत्तामा भर पर्छ । खराव नोकरीका कारण दिमागमा असर हुन्छ र यसको असर सेक्स जीवनमा देखिन्छ । सेक्स जीवन कम हुनुको मुख्य कारणमा एक तनाव पनि हो ।

यूनिवर्सिटी अफ ज्यूरिखका गाय बोडेमेनले २०१० मा एक सय तीन छात्रामाथि तीन महिनासम्म अध्धयन गरेका थिए । यस अध्ययनका अनुसार तनावका कारण सेक्समा कम रुचि देखिएको थियो । तनावले हर्मोनको स्तर गढबढ गराउँछ, ड्रग्स, मदिराको प्रयोग बढाउँछ र यी सवैको असर सेक्स सम्बन्धमा पर्छ ।

पछिल्लो केही दशमा पश्चिमी विश्वमा मानिस अवसादमा देखिन थालेका छन् । अवसादका कारण मानिसमा सेक्सप्रतिको रुचि घटछ । यस्तो खालको अध्ययन यूनिवर्सिटी अफ एलिलेडमा इजावन एटालांटिस र थामस सुलिवेनले गरेका थिएm जुन जर्नल अफ सेक्शुअल मेडिसीनमा प्रकाशित भएको थियो । यद्यपी त्वंगे, शेरमान र वेल्सका अनुसार पनि प्रसन्नता कम हुँदा सेक्स सम्बन्धमा कमी आउँछ ।

जेन त्वंगेका अनुसार आजको यूवा पिढी, नोकरीको असुरक्षा, आफ्नो घर बनाउने मुस्किल, जलवायु परिवर्तन र सांप्रादायिकताको बीचमा रहेको हुन्छ । र, यसको असर मानसिक स्वास्थ्यमा पर्छ ।

बिग्रदो सेक्स जीवन

सेक्स जीवनमा कमीका कारण खोज्न थालिएको छ । तर, तमाम निश्कर्षबाट यो संकेत मिल्छ कि आधुनिक जीवनशैलीको तनाव, कामको तनाव, असुरक्षाको बोध र प्रविधिको असरले मानिसको सेक्स जीवनलाई विगारिरहेको छ ।

कतिपय मानिस यस्तो कमीबाट खुसी पनि छन्, तर हामीले यो ध्यान दिन जरुरी छ कि सेक्स बहुतै महत्वपूर्ण छ । यसले प्रसन्नता बढाउँछ, तपाईंको स्वास्थ्य राम्रो हुन्छ । तपाईं आफ्नो कामको दुनियाँमा सन्तुष्ट हुनुहुन्छ । सबै मिलाएर भन्दा सेक्स रमाइलो हो ।

यही कारण हो कि विश्वभरमा मानिस यो मुद्दाबाट पार पाउनका लागि उपाय खोजिरहेका छन् । स्वीडेनमा ओवरटोरनिकका काउन्सिलम्यान पेर–इरिक मुस्कोसले यसै बर्ष फेरवरीमा नगर निगमका ५५० कर्मचारीलाई हरेक साता एक घण्टा कम काम गर्ने भनेका थिए । त्यति मात्र होइन उनले त्यो समय घरमा गएर सेक्स सम्बधका लागि प्रयोग गर्न आग्रह गरेका थिए ।

मुस्कोस यो पनि भन्छन् कि उनको उदेश्य यो हो कि जोडी एक अर्कालाई समय दिन सकुन् । ताकी यो समस्या मल्टी बहुआयमिक समस्याको उपाय पनि बहुआयामिक तरिकाले नै खोज्न सकियोस् ।

यहीकारण हो कि पश्चिमी विश्वमा नोकरी र घरको सुरक्षा बढाउने, जलवायु परिवर्तनको खतराबाट मुक्त हुने र साम्प्रदायिकतालाई कम गर्ने विषयमा विचार बिमर्श भैरहेको छ । यसबाट मानिसको सेक्स जीवन त राम्रो हुने नै छ, साथै उनीहरुको स्वास्थ्य पनि राम्रो रहनेछ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने