विश्वविद्यालयहरूमा ९ अर्ब बेरुजु

TU

काठमाडौं, साउन १५ः देशभर रहेका विश्वविद्यालयहरूको खर्च प्रणालीमा प्रश्न उठेको छ । आठ वटा विश्वविद्यालयका नाममा नौ अर्ब रुपैयाँ बेरुजु देखिएको हो ।

सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयको नाममा ८ अर्ब ९५ करोड ६७ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । जसअन्तर्गत सबैभन्दा धेरै देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ८ अर्ब ४४ करोड १३ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्रिविले ३४ करोड ६७ लाख ९३ हजार रुपैयाँ बेरुजु असुल्न बाँकी रहेको छ ।

त्रिविअन्तर्गत पाँच अध्ययन संस्थान, चार अनुसन्धान केन्द्र, ६२ आंगिक क्याम्पस, ४० केन्द्रीय विभाग, चार शिक्षण स्कुल र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय हाताभित्र क्रिकेट खेल मैदान सञ्चालनका लागि भाँडामा दिएको ४८ लाख ५५ हजार रुपैयाँ असुल हुन नसकेको देखिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने