February 24, 2020

विपक्षीहरू भ्रम छर्दैछन् : प्रधानमन्त्री 

KP_Oli_Hom gautam

प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरु सरकारलाई कसरी असफल बनाउने भनेर लागिपरेको बताएका छन् ।नेकपाले सोमबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले असान्दर्भिक विषय उठाएर जनतामा भ्रम छरेको दाबी गरे ।

‘विपक्षीहरु नन् इस्युलाई पनि इस्यु बनाएर यो सरकारलाई असफल बनाउन लागिपरेका छन्,’ उनले भने ।

‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। अर्काले  के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि। संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु लागि परेका छन् ।’ 

संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।

पछिल्लो समय सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल, मानव अधिकारसम्बन्धी विधेयकबारे केही नबुझी प्रतिपक्षी दलले विरोध गरिरहेको उनले बताए ।

वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखराको सभागृहमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)