लयमा फर्कंदै ठमेल र दरबार मार्ग

मंसिर १६, काठमाडौँ । कोरोना सङ्क्रमण (कोभिड–१९) महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थालेका छन् ।रात्रिकालीन मनोरञ्जन डान्स र दोहोरी बाहेक अन्य मनोरञ्जन क्षेत्र खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । खुला भएका व्यवसायका लागि पनि राति ९ः३० बजेसम्मको समयावधि तोकिएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला जीवनप्रसाद दुलालले रात्रिकालीन मनोरञ्जन दोहोरी, डिस्को, व्यायामशालाबाहेक अन्य व्यवसाय खुला गरिएको जानकारी दिए । यस क्षेत्रका पसल तथा सुपरमार्केट पूर्ण रूपमा खुलेका छन् ।रात्रिकालीन मनोरञ्जनलगायत बाक्लो भीड लाग्ने अन्य व्यवसाय खोल्नका लागि मन्त्रिपरिषद्को निर्णय आउनुपर्छ, उनले थपे, “अन्य व्यवसाय स्वास्थ्य सुरक्षा सतर्कता अपनाई खोल्न कुनै समस्या छैन । ” विशेष गरी युवालाई लक्षित मनोरञ्जन व्यवसायहरू डिस्को, पपबार, क्लब, लाइभ म्युजिक रेस्टुराँ समूहगत डान्स तथा भीडभाड नहुने गरी आवश्यक दूरी कायम राखी सञ्चालनमा कुनै बाधा नपुग्ने भनाइ स्थानीय प्रशासनको छ ।

कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि व्यवसायीले स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले मापदण्ड बनाएर नै व्यवसाय सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत