रामचन्द्र फर्कंदा प्रचण्ड मख्ख !

Ram-chandra-jhaकेपी ओलीलाई गाली गर्दै एमाले परित्याग गरेका रामचन्द्र झा माओवादी पार्टी प्रवेश गरे । त्यहाँ पनि आफ्नो भविष्य नदेखेर उनी बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी प्रवेश गरेका थिए । तर, बाबुरामकै पार्टीमा भाँडभैलो मच्चिएपछि चतुर रामचन्द्रले अन्ततः माओवादी केन्द्रमै फर्कने निधो गरेका छन् ।

नयाँ शक्तिमा एकपछि अर्को गर्दै वरिष्ठ नेताहरु नै लाखापाखा लाग्ने क्रमले तीव्रता लिएपछि उक्त दलभित्र असन्तुष्टिको आँधी नै चलेको छ । यही लहरमा पार्टीको सह–सयोजकको जिम्मेवारीमा रहेका रामचन्द्र झाले पुनः नेकपा (माओवादी केन्द्र)मै क्रियाशील हुने निर्णय गरेका हुन् ।

झालगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका नेताहरुसँग छलफल शुरु गरेका समाचार केही दिनदेखि नै चर्चामा थियो । यसपछि रामचन्द्र, रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्र फर्कने निधो गरेका हुन् । उनीहरुले तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउने वचन दिएपछि सम्मानका साथ पार्टीमा फर्काउन प्रचण्ड सहमत भएको बताइन्छ । यसअघि झा एमाले प्रवेश गर्ने हल्ला चलेको थियो । तर, उनले यो हल्ला निराधार भन्दै प्रचण्डको साथ रोजेका हुन् । प्रदेश नम्वर २ मा स्थानीय तहको निर्वाचन हुनैलाग्दा मधेसका वरिष्ठ नेताहरु पार्टीमा पुनः फर्केकोमा प्रचण्ड दंग परेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्