राप्रपा सरकारबाट बाहिरियो

Kamal-Thapaकाठमाडौं, १८ वैशाख । दोस्रो वरियतामा सत्ता साझेदारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारबाट बाहिरिए पनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने र त्यसमा सहभागी हुने राप्रपाले स्पष्ट पारेको छ ।

२७ सिट रहेको राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्ड सरकारलाई अर्को झट्का लागेको छ । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्तासँगै सरकारको व्यापक आलोचना भइरहेको छ । महाअभियोग प्रस्ताव दर्ता भएसँगै राप्रपाका १० सांसदहरुले राप्रपा संसदीय दलको बैठक बहिस्कार गरेका थिए । पार्टी अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

कांग्रेस र माओवादीले संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावलाई राप्रपाले अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भनेको छ । राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने स्पष्ट पारेको छ । सरकारले छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरेर सत्ता साझेदार दलहरुलाई समेत थाहा नदिएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको आलोचना गरे ।

राप्रपा अध्यक्ष थापाले मुलुकलाई अस्थिरता र संकटबाट जोगाउन महाअभियोग प्रस्ताव फिर्ता लिन सत्तारुढ गठबन्धनलाई अनुरोध गरे । उनले सरकार छाडे पनि संशोधन प्रस्तावलाई भने समर्थन गर्ने जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने