June 23, 2020

रातो कार्पेटको सट्टा क्वारेन्टाइनको चुकुल फेरिदिएको भए नारी बलात्कृत हुने थिइनन् कि ?

सांसद रंगमति शाहीले कोरोनाविरुद्ध सरकारी तयारीको आलोचना गरेकी छिन् । मंगलबार संसद बैठकको शून्य समयमा बोल्दै उनले सरकारसँग सबै सुविधा हुँदा पनि कोरोनाविरुद्ध कुनै तयारी गर्न नसकेको आरोप लगाइन् ।

उनले प्रश्न गरिन्, ‘यतिबेला रातो कार्पेट फेर्नभन्दा क्वारेन्टाइनटको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरु बलात्कृत हुने थिएनन् । समयै सीमामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिदिएको भए कोरोना संक्रमित बढ्ने थिएनन् ।’

के भनिन् रंगमति शाहीले ?

कोरोना भाइरसले पौष महिनामा मै खबर पठाएको थियो, ‘म भाइरस हुँ, भिसा चाहिँदैन, तयारी अवस्थामा बस्न ।’

तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमि थिएन । बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी, अरिङ्गाल मात्र होइन, प्रतिपक्ष पनि सँगै थियो ।

कमि थियो भने इच्छाशक्तिको कमि थियो । जनताले ज्यान जोगाउन छोडेर सरकारको ध्यान ४ करोड सांसदलाई दिएर सरकार टिकाउन छ । यो महामारीले विश्व हल्लिरहेको बेला हाम्रो सरकारलाई झाडापखालाको मात्र महसुस भएको छ ।

यतिबेला रातो कार्पेट फेर्नभन्दा क्वारेन्टाइनटको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरु बलात्कृत हुने थिएनन् । समयै सीमामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिदिएको भए कोरोना संक्रमित बढ्ने थिएनन् ।

क्वारेन्टाइनको व्यवस्थापन र स्वास्थ्य परीक्षण बढाइदिएको भए आज नेपालीले मृत्यूवरण गर्नुपर्ने थिएन ।

अब भदौसम्म ४० हजार संक्रमित बढ्छन् भनेर हाम्रो प्रधानमन्त्रीज्यू टाउको गनेर बस्नुभएको छ । टाउको गन्ने कि व्यवस्थापनमा लाग्ने ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने