रवीन्द्र मिश्रले बाबुरामले जस्तो गल्ती नगरून् !

मिलनकान्छा किरातीmilankancha

नेपाली राजनीतिक जगतमा फेरि एउटा खैलाबैला मच्चिएको छ । लामो समयको पत्रकारिता यात्राबाट विश्राम लिएर रवीन्द्र मिश्र एक्कासि राजनीतिमा होमिएपछि सबैतिर तरङ्ग उत्पन्न हुनु अस्वाभाविक होइन ।

उनले आफ्नो पत्रकारिताको समयावधिभर सत्य–तथ्य र निष्ठाको कर्म अङ्गालिरहे । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय देखिए उनी । उनले पार्टी घोषणा गरेपछि सामाजिक सञ्जालमा तरंग उठ्यो । पार्टीको नाम साझा पार्टी राखिएको छ ।
baburam-rabindra
थुप्रैको छेउ–कुना, कान्ला र गरा नमिलेको लेख, समाचार सम्पादन गरेर चट्ट–चिटिक्क र सुन्दर बनाउँदा–बनाउँदै भद्रगोल देशलाई नै सम्पादन गर्न मिश्रले कम्मर कसेको देख्दा कालो बादलमा चाँदीको घेरा देखिएको छ । उनले सही नीति र पारदर्शी क्रियाकलाप अगाडि बढाउन सके लाखौं–करोडौं नेपाली जनताको साथ अवश्य मिल्नेछ ।

यस्तैखाले खैलाबैला पोहोर साल डा. बाबुराम भट्टराईले नयाँशक्तिको अभियान चलाउँदा भएको थियो । त्यतिखेर देसमा वर्षाैंपछि साँच्चै निकास र विकासको बाटो खुल्ने भयो भन्ने लागेको थियो हामीलाई ।

आ–आफ्नो ठाउँबाट घनीभूत विचार–विमर्श गर्दै नयाँ शक्ति निर्माण अभियान चलायौं पनि । सबैतिरबाट उल्लेख्य जनसहभागिता रह्यो । तर बाबुरामले दुई–चारजना आसेपासे लिएर पार्टी घोषणा गरेपछि हामीजस्ता लाखौं युवा उनको भजनमण्डलीमा सहभागी हुन सकेनौं । त्यसबेला, सङ्गठनको आधार सम्बन्ध, सोच र सङ्कल्पका बारेमा केही सुझाव दिएको थिएँ । त्यो कुरा अहिले पनि साझा पार्टीलाई उत्तिकै दिन मन लाग्यो ।

‘हतार गए भन्न सकिन्न, सुझबुझका साथ बिस्तारै गए अवश्य गन्तव्यमा पुगिन्छ,’ भनेझैं साझा पार्टीले हरेक निर्णय हत्तारमा गर्नु हुँदैन । देश विषम परिस्थितिमा गुज्रिरहेको यो अवस्थामा अरू पार्टीहरूले झैं गैरजिम्मेवार भएर ठट्टा गर्दै बस्नु उचित हुँदैन ।

युगसापेक्ष वर्तमान विकराल राजनीतिलाई सुदृढ पार्दै कसरी निरन्तर सुव्यवस्थित समृद्धितिर डो–याउन सकिन्छ ? राजनीतिको लागि फगत राजनीति नभएर राष्ट्र, समाज र मानवजीवनको बाधा–बन्धन र अपरिहार्यता एवं इच्छा–चाहनालाई परिपूर्ति गर्न कसरी राजनीतिलाई उपयोगी र प्रभावकारी एवं शक्तिशाली बनाउदै निश्चित आकार दिन सकिन्छ ?

यसबारे विचार–विमर्शको सतही नभई गहिराइमा पुगेर ठोस रूपमा कार्यान्वयन व्यवहारमा तुरन्त उतार्नु मुख्य आवश्यकता हो । ठूल्ठूला सफलता हासिल गर्न साना–साना कुराहरूको ख्याल गर्नु आवश्यक हुन्छ भनेझैं थुप्रै कुराहरूमा सजग रहँदै वस्तुतः व्यावहारिक र वैज्ञानिक विधिको अवलम्बन गर्नैपर्ने हुन्छ ।

साथसाथै यसको तीव्र रूपमा विकास गर्दै हरतरहले चुस्तदुरुस्त, पारदर्शी र सुरक्षित राख्दै सदुपयोगी ढङ्गले विधिवत प्रयोग गर्दै निरन्तर अगाडि लगेर पुस्तान्तरण गर्नु महान् उपलब्धि हुनजान्छ । यो ऐतिहासिक असाधारण कार्यभारको जिम्मेवारी कर्तव्य र समयबोध भएका सबै युवापुस्ता र सम्पूर्ण देशप्रेमी जनतालाई सुम्पने नवयुगले फरमान जारी गरिसकेको छ ।

सम्बन्ध र साङ्गठनिक संरचना

यसको सम्बन्ध पुरानै श्यामश्वेत सादा पुरातन, प्रतिगामी सोच राख्ने युवासङ्ग हुँदैन । देशभक्तिको फोस्रो मन्त्र जप्ने, अरूलाई सत्तोसराप गरेर आफू चोखिँदै सिन्को नभाँची महानतम अनुभूति गर्ने, आफ्नो आकारप्रकार र वास्तविकतालाई बिर्सेझैं गरेर अन्धोराष्ट्रवादी बन्ने, भ्रम छर्ने र प्रत्यक्ष–अप्रत्यक्ष स्थिर प्रतिगमनलाई सघाउने, कुरा गर्नुपर्दा दशहात अघि सर्ने र काम गर्नुपर्दा दश हात पछि पर्ने वा काममा हाजिर नै नहुनेहरू साझा पार्टीको हिमायती हुनै सक्दैनन् ।

लेखक किराती

यस्तासङ्ग साझा पार्टीको सम्बन्ध रहनु हुँदैन । सत्यको आधारमा तथ्य खोज्दै, तथ्यको आधारमा आफ्नो वास्तविक धरातलको पहिचान गरेर प्राप्त साधन–स्रोतको अधिकतम प्रयोग गर्दै आन्तरिक निर्भरता, सम्पन्नता, पूर्ण लोकतान्त्रिक मूल्य–मान्यताको अङ्गीकार गर्दै समानुपातिक, समावेशिता, सुशासन र मैत्रीपूर्ण अन्तर्देशीय, अन्तर्राष्ट्रिय सुमधुर कूटनीतिक सम्बन्ध कायम गर्दै सगरमाथाको चमत्कारको रूपमा तीव्र रूपमा देश–विकास र समृद्धि प्राप्त गरेर सुखी–सम्पन्न नेपाल निर्माण गर्ने अठोटका साथ आफ्नो रुचि–दक्षता र पायक पर्ने कार्यक्षेत्रमा तुरुन्त प्रभावकारी ढङ्गले कर्ममा निरन्तर खटिने अग्रगामी, सचेत देशप्रेमी, विवेकी, परिश्रमी, सुशील–शालीन युवापुस्ता यस पार्टीमा स्वतः समावेश हुन सक्नेछन् । सबैले आफ्नो पार्टीको अनुभूति गर्नेछन् ।

यसको साङ्गठनिक ढाँचा पुराना परम्परागत तरिकाको जातीय–क्षेत्रीय, जनवर्गीय भातृसङ्घ–संस्थाको रूपमा रहने छैनन् । त्यसरी रह्यो भने नयाँ बन्न सक्दैन । र साझा पार्टी हुनबाट वञ्चित हुनेछ । पुरानै संरचनामा नयाँ नाममात्रै रहन जान्छ ।

सचेत युवापुस्तालाई यो थाहा छ कि जनवर्गीय, भ्रातृ संघसंस्थाले अधिकारको कुरा गर्छ । अधिकार प्राप्तिको लागि लड्छ । नारा–जुलुस, धर्ना–घेराउ, आन्दोलन–आमहडताल गर्छ ।

तर यसले यो कुराको विस्थापन गर्दै अधिकारप्राप्तिको नयाँ सूत्र प्रयोग गरेर विचारमा मतभिन्नता र काम–कारवाहीमा सम्पूर्ण देशभक्त नेपालीको एकरूपता कायम गर्दै राष्ट्रिय स्वधीनता र समृद्धिको मार्ग हरतरहले प्रशस्त गर्नुपर्दछ । त्यसो हुन सकेमात्र यसको सार्थकता रहन्छ । त्यो गर्न सक्ने यो पार्टी प्रबल सामर्थ्य राख्दछ ।

नयाँ बन्ने सङ्गठनमा विभिन्न जेल–नेल, आन्दोलन, युद्ध–सङ्घर्षको अनुभव र भोगाइ–खटाइको मापदण्डभन्दा पनि कार्यक्षेत्रको दक्षता–विज्ञता र श्रमजीवी मजदूरको सन्तुलित सङ्गठन अपरिहार्य छ । त्यसमा पूर्ण राजनीतिक पृष्ठभूमिको हदैसम्म दश प्रतिशतको स्थान छुट्ट्याउँदा पनि पुरानै विकृति–विसङ्गतिको निकै दुर्गन्ध फैलिनेछ ।

तर त्यसले भरपूर सुव्यवस्थित राजनीतिक संस्कारको विकासलाई निरन्तरता दिनु पहिलो महत्त्वपूर्ण जिम्मेवारीबोध गर्नुपर्ने हुन्छ ।

ठोस रूपमा साङ्गठनिक तहगत नियन्त्रणका साथ मजदूर र हरेक क्षेत्रको दक्ष प्राविधिकहरूको मोर्चा निर्माण र त्यसको प्रतिनिधित्व मूल पार्टी कमिटीमा सम्मानजनक समावेश गरिनुपर्दछ । त्यसरी समावेश गर्दा जातीय–क्षेत्रीय र लैङ्गिक सन्तुलन सकेसम्म पहिलो प्राथमिकतामा राखिनुपर्दछ ।

सङ्गठनमा किराँत, तमुवान, ताम्सालिङ, मगरात, खसान–जडान, लिम्बुवानजस्ता मोर्चा अब होइन, प्रवासलाई मुख्य प्राथमिकतामा राख्दै डक्टर, इन्जिनियर, आइटी–टेक्नोलोजी, वाणिज्य–वित्त, उद्योग–व्यापार, बजार–वस्तु आयात–निर्यात, शैक्षिक, सामाजिकलगायत श्रमजीवी–श्रमिक इत्यादिको क्षेत्रगत मोर्चा तयार गरी तुरुन्त कार्ययोजना बनाएर अघि बढ्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । त्यसले मात्रै पूँजीवादी समाजवाद उन्मुख आर्थिक विकासको क्रान्तिलाई सम्बोधन गर्दै अघि बढ्न दिशानिर्देश गर्न सक्छ । त्यसो हुननसके लक्ष्यप्राप्ति सम्भव छैन ।

नत्र, समाजवादी विकास, विचार र लक्ष्य बोकेका दुई–तीन दर्जन नेपालका विकासे दलहरू उहिल्यै समृद्धिउन्मुख हुन्थे । सफलता प्राप्त गर्थे । जनताले यो दुर्गति भोग्नुपर्ने थिएन ।

अहिले यो पार्टीको आवश्यकता पनि पर्ने थिएन । त्यसकारण, वैज्ञानिक विधि कसरी प्रयोग गरेर अघि बढ्न सकिन्छ ? यस विषयमा सजगता अपनाउनु नै बुद्धिमत्ताभित्र पर्दछ ।

सोच र वैज्ञानिक दर्शन

गौतमबुद्ध, जिसस, सुन्जु, कन्फ्युसियस, गान्धी, ओशो, वेद–वेदान्त, गीता, रामायण–महाभारत, फ्रेङ्कलिन, रुसो, हब्स, लाओत्से, नित्से, डार्बिन, ब्रेल, न्युटन, हकिन्स, रोबर्ट–ओवेन, फायरबाख, हेगल, मार्क्स, एङ्गेल्स, स्टालिन, लेनिन, माओत्सेतुङ, थेङ्साओपिङ, डेरिडा–फुको इत्यादिहरूले पूर्वीय–पाश्चात्य, आध्यात्मिक–भौतिक, बृहद्–आंशिक दृष्टिकोण–विचार, सिद्धान्त कुनै पुरातन, कुनै आधुनिक कुनै अत्याधुनिक कुनै उत्तरआधुनिक एवं कुनै अनुशासन–शीलसङ्ग, कुनै अर्थ व्यवस्था र सामाजिकशास्त्र, मानवशास्त्र–मुक्ति र न्याय–स्वतन्त्रतासङ्ग सम्बन्धित तथा वरिपरि रहेर ठोस वा अमूर्त रूपमा ज्ञान–विज्ञान र विकृति–विलासका रूपमा दुनियाँमा कैयौ विकास भएगरेका भएपनि ती तत्कालीन आवश्यकता माग पूर्ति र दीर्घकालीन सैद्धान्तिक–वैचारिक असर लक्ष्यप्राप्तिकै लागि हुन् । तसर्थ, यी–यस्ता चीजको विकास–प्रतिपादन हुने क्रम जारी रहनेछ ।

हामीले कामलाई थाती राखेर यस्ता चीजमा बलजफ्ती बहस, व्यख्या–विश्लेषण गरेर निष्कर्षविहीन अनिर्णित भएर बस्नु हँुदैन । सिद्धान्त र वाद मुख्य अनि ठूलो कुरा होइन ! मुख्य कुरा त सच्चा देशभक्तवाद हो ।

देश–विकास गर्ने क्रममा जुन सिद्धान्त विचारको आवश्यकता महसूस हुन्छ, त्यो स्वतः व्यवहारमा आवश्यकताको आधारमा नेपाली जनताले कार्यअभियानमा प्रयोग गर्दै लानेछन् । यसबारे अहिले नै यो वा त्यो नाममा उल्झन खडा गर्नु वैज्ञानिक हुँदैन । यस्ता चीजमा फँस्नु कुनै दृष्टिकोणबाट ठीक हुँदैन ।

दृढसङ्कल्प र समृद्धिको नमूना

नेपालमा व्याप्त असभ्य आडम्बर र पाखण्ड विचार–संस्कार निरुत्साहित गर्दै विधि र सभ्यताको जग बसाल्नै पर्दछ । तसर्थ, अब नागरिक स्वयंले सक्षमता प्रस्तुत गर्दै समृद्धितिर लम्कने दृढ सङ्कल्प गर्नुपर्ने बेला हुर्कंदै आएर पनि घर्कंदै गएको छ । त्यसको लागि सबैको अस्तित्व र सामर्थ्य, विशिष्टता, विशेषता र भूमिका हदैसम्म स्वीकार्नुपर्दछ ।

नेपाल सिर्फ नेपालभित्र र छिमेकीसङ्ग मात्रै होइन, विश्वको प्रत्येक सेकेन्ड–सेकेन्डसङ्ग जानकार रहँदै चल्नसक्ने, हातेमालो गर्नसक्ने हुनैपर्दछ । अन्यथा भावी सन्ततिले झन् डरलाग्दो विकराल परिस्थिति भोग्नुपर्नेछ । आर्थिक विकास र समृद्धिको नारामात्रै लगाउने अनि ठोस रूपमा सिन्को पनि नभाँच्ने हो भने डोको र झोलाभरि पैसा लगेर पसलबाट एउटा रोटी–बिस्कुट किनेर श्वास धान्ने दिन आउँदैन भन्न सकिँदैन । त्यस्तो परिस्थिति सङ्गठित भएर रोक्नुपर्दछ ।

अन्त्यमा, मुलुकले पूँजीवादी समाजवाद उन्मुख समाजको मार्ग तय गरेर धेरैखाले मानवताविरोधी सामाजिक र भौगोलिक रेखाहरू टुक्रिएर सुविधासम्पन्न स्वतन्त्रताको स्वर्ग यही माटोमा पाएर भविष्यका सन्ततिहरू गर्व र श्रद्धाकासाथ वीर–पूर्खाहरूप्रति नतमस्तक हुनेछन् । ती पूर्खाहरू हामी पनि हौं वा हुनसक्छौं ।

त्यही सम्पन्नताको जगमा उभिएर साहसका साथ विश्वलाई हत्केलामा राखेर अर्को संसार हाम्रै सन्ततिले निर्माण गर्न सक्नेछन् ।

त्यतिखेर, अहिलेको सेना–सुरक्षा र हतियार, सिमाना र पृथ्वीका रेखाहरू निकम्मा हुन सक्छन् अथवा प्रभावकारी नहुन सक्छन् । उन्मुक्त स्वर्गीय संसार !

त्यसको निर्माणको लागि साझा पार्टीको आधार सम्बन्ध, सोच र अन्तर्हृदयबाट दृढसङ्कल्प सानो होस् तर सत्य होस् ! थोरै होस् तर पारदर्शी होस् ! ढिलो होस् तर वैज्ञानिक र प्रभावकारी होस् ! सफलतामात्रै यसको अपेक्षा होइन, अधिकतम असल होस् । त्यसपछि स्वतः सफलता प्राप्त हुने कुरामा दुईमत हुने छैन ।

प्रत्येक प्रश्नको उचित जवाफ समयले दिँदै जानेछ । साझा पार्टी नामजस्तै सबैको साझा र प्रिय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान