यी हुन् नेपालका ठुला सेयर खेलाडी, जसले नेपाल लाईफमा सर्बाधिक लगानी गरेर नाम दर्ज गरे

 

 

nlic final फागुन काठमाडौ । नेपाल लाईफ इन्स्योरेन्स्ले शुक्रबार एफपिओ बाँडफाँड गर्यो । यस बाँडफाँडले आम लगानीकर्ताको महत्वाकांक्षा पुरा गर्न सक्यो या सकेन त्यो अर्को बहसको विषय हुन सक्छ । तर एउटा कुरा के सत्य हो भने एनएलआसीको एपिओमा आम लगानीकर्ताले आफ्नो बलबुताले भ्याएसम्म लगानी गर्न तम्सिए । पौने पाँच अर्बको एफपिओ जारी गरिएकोमा करिब ५५ अर्ब रूपैयाँ आवेदन पर्यो । यस एफपिओको कारण बजारमा तरलता अभाव सिर्जना भयो भने आम लगानीकर्ताले द्रोस्रो बजारमा घाटै खाएर भएपनि सेयर विक्री गरेर लगानी गरे । यहाँ हामीले यसरी लगानी गर्नेले जिते या हारे भन्दा पनि नेपाल लाईफको सेयरमा सबैभन्दा बढि लगानी गर्ने लगानीकर्ता को रहेछन् भन्ने कुरा देखाउन चाहेका छौँ ।

एफपिओमा सबैभन्दा बढि लगानी गर्नेमा मारवाडी समुदाय 

नेपालको सेयरबजारमा सबैभन्दा धरै उपस्थिती मारवाडी समुदायको छ । बैंक तथा वित्तिय क्षेत्र, बीमा लगायत हरेक क्षेत्रमा उनीहरुको लगानी र उपस्थिती बलियो छ । नेपाल लाइइफको एफपिओमा लगानी गर्नेमा पनि मारवाडी समुदाय अगाडी देखिएको छ । एफपिओमा लगानी गर्ने अधिकतम सीमामा यो समुदाय नै देखा परेको छ । अधिकतम सीमा ४ करोड ३८ लाख ८ हजार ४ सय रूपैयाँ लगानी गर्नेमा माडवाडी समुदाय नै देखिएको छ । यसमा सेयर बजारका नामुद खेलाडी मानिने अग्रवाल, सांघाइ गु्रप, खेतान, टिवडेवाल समुह नै अग्रपंतिमा देखिएको छ । स्मरण रहोस् नेपालको बीमा बजारमा यीनीहरूको बोलवाला र लगानी बढि छ । एनएलआइसीमा पनि माडवाडी समुदायको लगानी अत्याधिक छ ।

बैंकहरूको लगानी बढ्दै 

हुनत आइपीओ, एफपिओ आम सर्बसाधारणको आर्थिक स्तर उकास्ने गरी उनीहरूलाई लक्षित् गरी जारी गर्ने प्रचलन नेपालमा छ । तर पछिल्ला दिनमा संथागत लगानीकर्ताको नाममा सर्बसाधारणको त्यो भाग पैसा धेरै भएका बैंक तथा वित्तिय संस्थाले खोस्दै आएका छन् । एनएलआइसकिो हकमा माडवाडी समुदायपछि अधिकतम सिमामा लगानी गर्नेमा बैंक तथा वित्तिय संस्था देखिएका छन् । बैंकहरूले बजारमा ऋण लगानी गर्न तरलता अभाव भएको भन्दै हारगुहार गरेपनि एफपिओमा भने सर्बसाधारणको निक्षेप ल्याएर एफपिओमा खन्याएको देखियो ।
प्रस्तुत छ एनएलआइसीको एफपिओमा सबैभन्दा अधितम सीमा (३०९००कित्ता) मा लगानी गर्ने व्यक्ति र विक्तिय संस्थाको नामावली 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा