यसकारण च्यातियो भरतपुरमा मतपत्रः मतगणना कि फेरि मतदान ?

Bharatpur-Mahanagar-Vote-Counting

१६ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो । सोबार गणतन्त्र दिवससँगै भरतपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो । यही आसमा आइतबार सुतेका भरतपुरवासीलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो । मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना कार्य स्थगित भइसकेको थियो ।

मतगणना स्थगित गर्नुपर्ने कारणबारे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना स्थलको अवस्थाबारे गरेको वर्णनले भरतपुर नगरवासी मात्रै नभएर देशविदेशका धेरै नेपाली आश्चर्यमा परे । कूल २९ वडा रहेको भरतपुर महानगरपालिकामा २७ वडाको मतगणना सकिएको थियो । अन्तिममा पालो परेका वडा नं. १९ र २० मध्ये १९ वडाको मतगणना आइतबार साँझ सुरु भएको थियो ।

 

प्रतिष्पर्धामा रहेका सबै मुख्य दलले मतपत्र च्यातिनुको कारण भने एउटै दिएका छन् । आफ्नो पार्टीका उम्मेदवारले जित्ने अवस्थ ाबनेपछि प्रतिष्पर्धीले मतपत्र च्यात्यो भन्ने आरो सबैको छ ।

मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्दशन कुरेर बसेका छन् । चितवनका दलहरुले मतगणना सुरु गर्न र वडा नं. १९ मा पुनः निर्वाचन गराउन माग गर्न थालिसकेका छन् । एमालेले पुनः निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ । चितवन एमालेले यही मागका साथ सोमबार भरतपुरमा विरोधसभा पनि गर्यो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने