April 16, 2017

मोर्चालाई देखाएर चुनाव रोक्न हुन्नः भीम रावल  

 काठमाडौं, बैशाख ३ –एमाले उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलन देखाएर चुनाव रोक्न नहुने बताएका छन् ।

आईतबार काठमाडौमा भएको साक्षात्कारमा उपाध्यक्ष रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकोले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने बताए ।
उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन नरोकिने समेत दाबी गरे । उनले भने,‘मोर्चाका नेताहरुपनि चुनावमा जान डराउनुहुँदैन्, जनतामा जान किन डराउने ?’

उनले आफ्नो पक्षमा जनता भएको दाबी गर्ने मधेशी मोर्चालाई चुनावमार्फत आफ्नो मत ल्याएर प्रमाणित गरेर देखाउन चूनौति पनि दिए ।

उनले भने,‘जनताको मत लिनका लागि किन तयार नहुने ? अनि चुनावको मुखमा आएर हुन दिन्नौं भनेर धम्की दिनु भनेको मोर्चा जनताको पक्षमा छैन् ।’ उनले मोर्चा तथा संघीय गठबन्धनको आमहड्तालसहित आन्दोलन गर्ने निर्णय मधेशी जनताको हितमा पनि नभएको स्पष्ट पारे ।

उनले १९ वर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन हुन दिन्नौं भनेर धम्की दिनु नेपालको अस्तित्व नै समाप्त पार्ने ठूलो चक्रव्युह रच्ने काम मात्रै भएको आरोप लगाए । रावलले घोषित मितिमै निर्वाचन हुने समेत दाबी गरे । उनले थपे,‘जनता चुनाव भाँड्ने पक्षमा छैन् ।’ रावलले चुनाव सार्ने, टार्ने काम नगर्न समेत सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने