June 15, 2020

मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने नियन्त्रणमा

melamchi-aandolan

आषाढ ०१, २०७७,मेलम्ची / मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी (सिएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सिएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदूर र स्थानीय ठेकेदार लामो समयदेखि आन्दोलनमा छन् । –कोभिड १९को महामारीको बेला २५ जना भन्दा बढी भिड गरी लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आयोजना पीडित उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरी तीन जना सप्लार्यस र दुई जना मजदूर गरी पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

 

लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदा पनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपूर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रीय माग गर्दै आन्दोलन पुनः सुचारु गरेका हुन् । स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदूर र स्थानीय आपूर्तिकर्ताले रु एक अर्ब ६७ करोड लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)