मानव तस्कर गंगा बहादुरको दादागिरी,करोडौं ठगेर पिडितहरुलाईनै ज्यान मार्ने धम्की

               मानव तस्कर गंगा बहादुर पराजुली  
१८भदौ,काठमाडौं।
दुबईको अबुदाबी बसेर मानव तस्करीमा संलग्न कास्कीका गंगा बहादुर पराजुलीले आफैंले लाखौं ठगी गरेका पीडितहरुलाइनै ज्यान मार्ने धम्की दिने गरेका छन।बर्शौं देखि दुबईको अबुदाबीमा बसेर मानव तस्करी गरिरहेका पराजुलीले अबुदाबी शहरमा तस्करी गिरोहनै संचालन गरेर ठगी तथा तस्करी धन्दा चलाउंदै आएको खबर प्राप्त भएको छ।

पराजुलीले विभिन्न माध्यमहरु प्रयोग गरेर नक्कली डिमाण्ड देखाउंदै नेपाली युवाहरूलाई ठगी गर्दै आएका हुन।भिसा पठाउने बाहानामा पैसा मगाएर पैसा पाईसकेपछी बेपत्ता हुने गरेको गुनासो लिएर पिडितहरु हाम्रो सम्पर्कमा आईपुगेका छन।पराजुलीले फर्जी भिसा र नक्कली प्लेन टिकट पठाउने गरेका छन।लाखौं पैसा बुझाएर घरबाट बिदा भएर एयरपोर्ट पुगेर फर्किने धेरै पीडित युवाहरू हाम्रो सम्पर्कमा आईपुगेका हुन ।

पराजुलीले दुबईमा पनि काम लगाइदिने प्रलोभनमा धेरै नेपाली हरुलाई ठगी गर्ने गरेका छन।कामको आशा देखाएर पैसा उठाई सकेपछि काम नलगाई फरार हुने र यदि दिएको पैसा फिर्ता मागेमा ज्यानै मार्ने धम्की समेत दिने गरेको पीडित हरुको गुनासो रहेको छ।

पछिल्लो समयमात्रै पराजुलीले काम लगाईदिन्छु भन्दै ५० जना भन्दा बढी युवाहरुसंग २ हजार देखि १६ हजार दिराम सम्म उठाएर फरार भएको जानकारी प्राप्त भएको छ।ठगिनेहरुमा आकाश क्षेत्री ११ सय दिराम,अमृत गुरुङ ६,८०० दिराम,विवेक केशी १,५०० दिराम,दिनेश मोहरा १,२०० दिराम,श्याम बहादुर नेपाली ४,५५० दिराम,प्रसन्ना कुंवर ३,००० दिराम, लोकेन्द्र मगर ९,००० दिराम,नितेस रिमाल ६,०६० दिराम,सन्तोष चौधरी ४,८५० दिराम,अक्ष क्षेत्री १६,६७० दिराम गरेर पराजुलीले पछिल्लो महिनामात्रै ५४,६८०दिराम ठगी गरेर फरार भएका हुन।

त्यस्तै गत अक्टोबरमा प्रतिब्यक्ती ८लाख नेपाली रुपैयाँ पराजुलिको नाममा पठाएर घरपरिवार बाट बिदा भएर आएका उद्धव कुमार बास्तोला,रोषन बास्तोला र बिनोद कुमार भुजेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर फर्किएका थिए।सेक्युरिटी गार्डको नक्कली भिसा र प्लेन टिकट पठाएर उनिहरुबाट जनही ८ लाख रुपैयाँ पैसा लिएर पराजुलीले ठगी गरेका थिए।पिडितहरु वैदेशिक रोजागर बिभागमा मुद्दा  हाल्न जाने तयारी गरिरहेको खबर प्राप्त भएको छ।

हाल नेपालबाट दुबै भिजिट भिसा बन्द भएको छ तर पराजुलीले गैरकानुनी रुपमा नयाँदिल्ली हुँदै नेपाली हरुलाई दुबई लाने गरेको तथ्य पनि फेला परेको छ।त्यस्तै दुबई बाट युरोपको विभिन्न मुलुकहरू पठाउने प्रलोभन देखाएर पराजुलीले नेपालिहरुलाई ठ्ग्ने गरेका छन।दुबै बोलाएर त्यहाँ बाट पोल्यान्ड,पोर्चुगल,माल्टा,रोमानिया र क्रोसिया जस्ता युरोपेली मुलुकहरूमा पठाउंछु भन्दै पराजुलीले सयौं नेपालीहरुलाई ठगिरहेको जानकारी पिडितहरुले दिएका छन।

यसरी पछिल्लो समय दुबईलाई मानव तस्करहरूले ट्रान्जिटको रुपमा प्रयोग गरिरहेका छन।नेपाल बाट दुबै हुँदै विभिन्न युरोपेली मुलुकहरूको सपना देखाएर मानव तस्करीमा संलग्न गंगा बहादुर पराजुली जस्ता दर्जनौं ग्याङहरु दुबैलाई केन्द्र बनाएर सकृय रहेको जानकारी प्राप्त भएको छ।परराष्ट्र मन्त्रालय,वैदेशिक रोजगार बिभाग र नेपाल प्रहरिको इन्टरपोल शाखाले बेलैमा ध्यान नपुर्‍याउने हो भने यो समस्या झनै बिकराल बन्ने देखिन्छ।सरकारले यस्ता मानव तस्करहरुलाई बेलैमा कानुनी उपचार गरेर संभावित दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने