माओवादी केन्द्रभित्र पीडा : ‘सुरुमा बधाई अन्तिममा नाम काटियो’

कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । ‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको सुरुवात भयो’, माओवादी केन्द्रकी सचेतक सीता नेपालीले भनिन्, ‘यसपटक तपाईं मन्त्री भन्दै पार्टी अध्यक्षलगायत सबैले बधाई दिनुभयो तर अन्तिममा सकिएन भन्दै नाम काटियो ।’

एक महिनासम्म उनलाई महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीका रूपमा उचाल्ने काम मात्र भएको उनीनिकट नेता बताउँछन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारमै पनि मन्त्री बन्ने भन्दै चर्चामा रहेकी नेपाली यसपटक भने ढुक्क थिइन् । ‘मन्त्री भन्दै पार्टीले मलाई प्रचारमा ल्यायो’, उनले भनिन्, ‘बुधबार बिहान मात्रै पनि महिला सांसद समितिको बैठकमा अधिकांशले बधाई तथा शुभकामना दिनुभयो ।

म पनि होला त भन्दै ढुक्कै थिएँ तर अन्तिम समयमा पार्टी अध्यक्षको भनाइ भन्दै सचिवालय सदस्य हितराज पाण्डेले तपार्इंलाई मन्त्री बनाउन सकिएन भन्दै फोन गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने