महाभियोग प्रस्ताव अघि नबढाउन माग

sushila-kariki-768x640काठमाडाैं, जेठ १४ – वर्तमान राजनीतिक परिस्थिति र शीर्ष नेताहरुको सहमतिको प्रयासलाई सार्थक बनाउन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक र समर्थक दुवैले प्रस्ताव अघि नबढाउन निवेदन दिएका छन् ।

महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले प्रस्ताव दर्ता भएको ३३ दिनपछि आइतबार (आज)सभामुखलाई भेटेर प्रस्ताव अघि नबढाउन माग गर्दै निवेदन दिएका हुन् ।

निवेदनमा ‘वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी हाल यो प्रस्ताव अघि नबढाउन अनुरोध गर्दैछौं ।’ भनिएको व्यहोरा उल्लेख गरेको प्रस्तावक विश्वकर्माले बताए ।

प्रधानन्यायाधीश कार्किविरुद्ध गत बैशाख १७ गते कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले महाअभियोग दर्ता गरेका थिए । लगत्तै त्यसविरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र शम्शेर राणाको इजलासले अन्तरिम आदेश दिएर महाअभियोग अघि नबढाउन आदेश दिएको थियो ।

शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा महाअभियोग फिर्ता लिने सहमति जुटेअनुसार आफुहरुले प्रस्तावअघि नबढाउन निवेदन दिएको विश्वकर्माले बताए । उनका अनुसार व्यवस्थापीका संसदको नियामावलीअनुसार प्रस्ताव निष्कृय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने