मनाससमा यस बर्षपनि ऐतिहासिक तिज विशेष कार्यक्रम

Teej-America-1वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको मनाससमा यस बर्षपनि ऐतिहासिक रुपमा तिजकाे अवसरमा कार्यक्रम गरिएकाे  छ । हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसरमा बिशेष कार्यक्रम अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको मनाससमा यस बर्षपनि ऐतिहासिक रुपमा मनाइएको छ ।

अमेरिका-नेपाल सहयोगी समाजको एक परियोजना ‘अमेरिका-नेपाल शिक्षा सदन’, डिसी नेपाली समाज लगायत डिसी वरपरका संघ संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा आयोजना भएको तीज बिशेष कार्यक्रममा अनुमान गरेभन्दा ज्यादै सहभगिता भएको कारण आयोजकलाई व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो । स्वयंसेवकहरुको अथक मेहनत र सहयोगको कारण आएका सबैलाई भोजन गराइएको थियो । कार्यक्रममा उपस्थित भएकाहरु नाचगान र भोजनमा व्यस्त रहँदा कतिपयले बस्ने स्थानसम्म पाएका थिएनन् ।

डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको अमेरिका-नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छाडि परदेशमा रहेका दिदी बहिनीहरुलाई माइतीकै जस्तो वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ ।

बिगत बर्ष भन्दा यस पटकको तीजमा अमेरिकामा जन्मेका र यहीँ हुर्केका बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । यस पटकको तिजमा झन्डै २ दर्जन भन्दा ज्यादा महिलाले एकै प्रकारका पोशाक लगाएर कार्यक्रम स्थल नै उज्यालो बनाई दिएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरुले पनि नेपाली पोशक लगाएर आएका थिए । महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त