मधेसी मोर्चामा आबद्ध पाँच दलबीच एकीकरण

मधेसी_मोर्चामा_आबद्ध_पाँच_दलबीच_एकीकरण3478

काठमाडौं । लामोसमयदेखि विभाजनको मार खेप्दै आएका पाँच मधेस केन्द्रत दलबीच एकीकरणको टुंगो लागेको छ। एउटै विचार, सिद्धान्त र लक्ष्य लिएका पाँच मधेस केन्द्रत दलबीच बिहीबार दिउँसो एकीकरणको औपचारिक घोषणा हुने भएको हो।

 व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेस होण्ड राख्ने व्यवस्थासहितको राजनीतिक दल सम्बन्धी कानुन पारित गरेपछि केही साना एकअघि नै एकीकृत भइसकेका छन् भने पाँच मधेस केन्द्रित राजनीतिक दलबीच बिहीबार दिउँसो एकीकरण हुँदैछ। तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी,राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र मधेसी जनाधिकार फोरम गणतान्त्रिकबीच एकीकरण हुने तय भएको हो।

बुधबार राति अबेर राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीको निवासमा बसेको बैठकले पाँच दलबीच एकीकरण गर्ने निर्णय गरेको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए। उनले अनिल झा नेतृत्वका नेपाल सद्भावना पार्टीसँग पनि एकताको प्रयास भइरहेको जानकारी दिए।

एकीकृत पार्टीको नाम राष्ट्रिय जनता पार्टी राख्ने सहमति भएको छ भने चुनाव चिन्ह छाता राख्न नेताहरु सहमत भएका छन्। एकता महाधिवेशन नभएसम्मकालागि चक्रीय प्रणाली अनुसार नेतृत्व गर्न नेताहरु सहमत भएका छन्। एकीकृत पार्टीको संयोजकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई चयन गरिएको छ। ठाकुरपछि संसदमा प्रतिनिधित्वका हिसावले नेतृत्व गर्ने सहमति भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने