March 27, 2017

मधेसवादी नेताका आन्दोलन गर्ने भाषण चर्को, मधेसी युवाको म्यादी प्रहरीमा लर्को

चैत १४,काठमाडौं – स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तराईका जिल्लामा विशेष आकर्षण देखा परेको छ । तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बखत त्यहाँका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका छन् । मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू भने म्यादी प्रहरीमा भर्ना हुन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिइरहेका छन् । यो खबर आजको राजधानीमा छ ।

– रौतटहबाट  ४ सय आवेदन वितरण भएको छ । त्यसमध्ये १ सय ३० जनाले भर्नाका लागि आवेदन दिइसकेका छन् । १ सय ३० मध्ये ७ जना महिला पनि छन् । रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताले म्यादी प्रहरीमा जान युवालाई रोक लगाएका छैनन् ।

– बारामा आइतबारसम्म २ सयभन्दा बढी मधेसी युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । बारामा आइतबारसम्म २ सय १५ जनाको म्यादी प्रहरीमा आवेदन परेको छ । बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारीअनुसार जसमध्ये ५ प्रतिशत पहाडी मूलका छन् भने बाँकी मधेसी मूलका युवाले आवेदन दिएका छन् ।

– पर्सामा दुई दिनमा २ सय ५० युवाले आवेदन दिइसकेको र आवेदन फारम करिब ६ सय जनाले लगिसकेका छन् ।

– धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले दिएको जानकारीअनुसार २ सय ४८ जनाले आवेदन दिइसकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका ६ स्थानमा आवेदन लिने व्यवस्था मिलाएको छ ।

– म्यादी प्रहरी भर्नाका लागि आह्वान गरिएको दोस्रो दिनसम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् । पश्चिम तराईका कपिलवस्तु, बाँके, नवलपरासी, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारू र मधेसी युवाको आकर्षण देखिएको त्यहाँस्थित जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार पहाडी जिल्लामा भन्दा तराई–मधेसका जिल्लाहरूमा म्यादी प्रहरीको आवेदन फाराम बढी वितरण भएको छ । पहाडमा पूर्वसुरक्षाकर्मीहरूले पनि आवेदन दिएका छन् भने तराईमा युवाहरूले बढी आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने