भोलि बिहीबार देशैभरी सार्वजनिक विदा

 पुष ९,काठमाडौं : गृह मन्त्रालयले भोलि बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले भोलि विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । भोलि बिहान नेपालसहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यही कारण विदा दिन लागिएको हो ।

विदाको लागि मात्रै मन्त्रिपरिषद बस्ने प्रचलन भने छैन । अब यो प्रस्तावको निर्णयका लागि गृह मन्त्रालयले पठाएको प्रस्ताव प्रधानमन्त्रीकहाँ पठाइन्छ । मन्त्रिपरिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको स्वीकृतिपछि यो प्रस्ताव मुख्य सचिवले प्रमाणीकरण गर्छन् । प्रमाणीकरण भएसँगै यो प्रस्तावले मन्त्रिपरिषदबाट पारित भएसरहको मान्यता पाउनेछ ।

भोलि लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तर/पश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने